गोरखामा भेटियो मानव कंकाल

गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंकाल फेला परेको छ । कंकालसँगै एक थान किप्याड मोबाइल, जुत्ता, ट्रयाक र कमिज समेत फेला परेको प्रहरीले जनाएको छ । ‘सोमबार कंकाल भेटियो भन्ने जानकारी आएपछि हाम्रो टोलि त्यहाँ पुग्यो,’ एसपी भरतबहादुर बिकले भने, ‘त्यहाँ पुग्दा मोवाइल र कपडाहरू पनि भेटियो ।’ मोबाइल बारपाक सुलिकोट गाउँपालिका–३ का […]
सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँ : प्रधानमन्त्री

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको बताएकी छन् । सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन्। विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् […]
राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ। सिंहदरबारमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सोही पार्टीका नेता राजेन्द्र गुरुङले यस्ताे बताउनुभएकाे हाे। राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने उहाँकाे भनाइ छ। उहाँले निषेधको राजनीतिले […]
भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा सञ्चालन

संखुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा साेमबारदेखि शुरु भएको छ। टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् । टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि भएकाे बताउनुभयाे। टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा […]
जेनजी विद्राेह: संविधानको अक्षर र मर्म दुवैको पालना गरेकाे सेनाकाे दावी

नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएकाे छ। सेनाले परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको हाे । ‘सेना संविधानप्रति निष्ठावान छ, स्थापित सरकारको अधिनमा रही राष्ट्रिय एकता तथा […]
बंगलादेशमा विद्यार्थी आन्दोलनबाट बनेको पार्टीका नेतामाथि गोली प्रहार

बंगलादेशमा शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको छ । दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए । गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले […]
सर्वोच्चलाई कानुन व्यवसायीहरुको आग्रह : प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो निर्क्याेल गरियोस्

कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । नेपाल बार एसाेसिएसनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायतका कानून व्यवसायीहरुले उक्त मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखेर निर्क्याेलमा पुर्याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन् […]
तस्बिरमा हेर्नुहोस् मिराज ढुंगाना नेतृत्वको जेनजी समूहको प्रदर्शन

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सो समूहले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी युवाहरूले प्रधानमन्त्री राजीनामा दे, जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर, जेनजीको माग चुनाव होइन, सुशासन हो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । सो समूहले प्रशासनसँग अनुमति नै […]
कोशीका दुई नेताले छाडे बाबुरामको साथ

। वैकल्पिक राजनीतिको नाममा डा. बाबुराम भट्टराईलाई १२ वर्षदेखि साथ दिँदै आएका कोशी प्रदेशका नेता भरत दाहाल र तेजलाल कर्णसहितले भट्टराईको साथ छाड्ने घोषणा गरेका छन् । ‘वैकल्पिक शक्ति’ को रुपमा स्थापना भएको नयाँ शक्ति पार्टी जनता समाजवादी हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सम्म पुगेपछि उनीहरूले पार्टी छाडेका छन् । दाहाल नयाँ शक्ति पार्टी हुँदा […]
विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित […]