आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति
काठमाडाैं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभुत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ । बुधवार आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिक उत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको […]
हर्क साम्पाङको निर्वाचन क्षेत्रको कोशीमा पुगेर बालेनले ‘खुवालुङ’बारे के भने?
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको निर्वाचन क्षेत्र सुनसरी–१ स्थित सप्तकोशी खुवालुङमा पुगेर सभ्यताबारे व्याख्या गरेका छन्। कोशीमा मोटरबोट चढेपछि बुधबार दिउँसो उनले फेसबुकमा किराँत सभ्यता र खुवालुङको महत्वबारे लेखेका हुन्। उनी लेख्छन्– खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई […]
माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश
मुस्ताङका साविक नेकपा माओवादी केन्द्र पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला सदस्य प्रतिभा गुरुङ र ताक्लुङका नेता चन्द्र विक कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस मुस्ताङका सभापति एवं पूर्व मन्त्री रोमी […]
ट्युनिसियाबाट नेपालले ट्युसन लिन सक्छ
ट्युनिसियाको सिदी बौजिद सहरमा तरकारी बेच्दै जीविकोपार्जन गर्ने युवा व्यापारी मोहम्मद बुआजिजीले स्थानीय प्रशासन र प्रहरीद्वारा बारम्बार गरिने दुर्व्यवहार, अपमान र रोजगारीका वैकल्पिक अवसरको अभावबाट आजित भएर सन् २०१० को डिसेम्बर १७ मा आत्मदाह गर्यो । यसबाट ठुलो जनआन्दोलनको सुरुवात भयो । यो आन्दोलनलाई ‘जस्मिन क्रान्ति’ भनियो, जसले अरब स्प्रिङको जग बसाल्यो । उनको मृत्युपछि […]
उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरेका हुन् । अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताए । यसपटक मतदाताहरु […]
निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसर : उपराष्ट्रपति यादव
उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । काठमाडौँमा बुधबारआदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएकाे बताए । उनले निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले […]
‘निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्ने चिन्ता व्यक्त गरेका छन् । निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने प्रतिवद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्ताे बताएका हुन् । प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट […]
सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो: एमाले उपाध्यक्ष थापा
नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकार निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाएका छन्। बुधबार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले सरकारको नियतमाथि गम्भीर आशंका व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले केही दिनअघि हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनी दिएको अभिव्यक्ति […]
सरकार सेना र पुलिसको ब्यारेकमा मतपेटिका राखेर चुनावमा धाँधली गर्न खोज्दैछ : महेश बस्नेत

नेकपा एमालेका सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले चुनावमा सरकार स्वयं धाँधली गर्न लागेको आरोप लगाएका छन् । नेता बस्नेतले हिमाली जिल्लामा मौसमका कारण निर्वाचन सार्ने र त्यही क्रममा मतपेटिका प्रहरी र सेनाका ब्यारेकमा मतपेटिका राखेर कसलाई जिताउने र कसलाई हराउने काममा लागेको प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनबाटै पुष्टि भएको पनि […]
लमजुङमा सत्ताका खेलाडी पृथ्वीसुब्बालाई गमप्रसादको चुनौती, पुरानो गढ भत्काउने केसीको दाउ
पोखरा । प्रतिनिधि सभा अन्तर्गत लमजुङको चुनावी चर्चाको केन्द्रमा छन् पृथ्वीसुब्बा गुरुङ र गमप्रसाद गुरुङ । एमालेले केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बालाई नवौँ पटक उम्मेदवार बनाएको छ भने अघिल्लो पटक जिल्ला अध्यक्षमा पराजित गमप्रसाद पहिलो पटक कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन् । दुवै जना क्होंलासोंथर गाउँपालिकाका हुन् । पटक–पटक मन्त्री र प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत भएर काम गरिसकेका पृथ्वीसुब्बासँग […]