जेनजी विद्राेह: संविधानको अक्षर र मर्म दुवैको पालना गरेकाे सेनाकाे दावी

नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएकाे छ। सेनाले परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको हाे । ‘सेना संविधानप्रति निष्ठावान छ, स्थापित सरकारको अधिनमा रही राष्ट्रिय एकता तथा […]

बंगलादेशमा विद्यार्थी आन्दोलनबाट बनेको पार्टीका नेतामाथि गोली प्रहार

बंगलादेशमा शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको छ । दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए । गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले […]

सर्वोच्चलाई कानुन व्यवसायीहरुको आग्रह : प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो निर्क्याेल गरियोस्

कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । नेपाल बार एसाेसिएसनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायतका कानून व्यवसायीहरुले उक्त मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखेर निर्क्याेलमा पुर्याउन सर्वोच्च अदालतलाई सुझाव दिएका हुन् […]

तस्बिरमा हेर्नुहोस् मिराज ढुंगाना नेतृत्वको जेनजी समूहको प्रदर्शन

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सो समूहले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी युवाहरूले प्रधानमन्त्री राजीनामा दे, जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर, जेनजीको माग चुनाव होइन, सुशासन हो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । सो समूहले प्रशासनसँग अनुमति नै […]

कोशीका दुई नेताले छाडे बाबुरामको साथ

 । वैकल्पिक राजनीतिको नाममा डा. बाबुराम भट्टराईलाई १२ वर्षदेखि साथ दिँदै आएका कोशी प्रदेशका नेता भरत दाहाल र तेजलाल कर्णसहितले भट्टराईको साथ छाड्ने घोषणा गरेका छन्  । ‘वैकल्पिक शक्ति’ को रुपमा स्थापना भएको नयाँ शक्ति पार्टी जनता समाजवादी हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सम्म पुगेपछि उनीहरूले पार्टी छाडेका छन् । दाहाल नयाँ शक्ति पार्टी हुँदा […]

विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित […]

कञ्चनपुर कारागारमा झडप प्रकरण : छानबिनका लागि सहायक सिडिओको नेतृत्वमा समिति गठन

कञ्चनपुर कारागारमा लाखौँमा भान्सा बिक्री–वितरण हुने गरेको तथ्य खुलेको छ । सरकारबाट प्रदान गरिने नगदमा घोटालादेखि मदिरा, लागुऔषध बेचबिखन, कन्डमका साथै भान्सासमेत बिक्री हुने गरेको तथ्य बाहिर आएको हो ।गत शुक्रबार कारागारभित्र नाइके प्रकाश मल्ल समूह भर्सेस अन्य कैदीबन्दीबिच झडप भएपछि अधिकांश कैदीबन्दीले अन्य सेवा–सुविधामा अनियमितताका साथै भान्सासमेत बिक्री हुने गरेको रहस्य खोलेका हुन् । कारागार पुग्ने सञ्चारकर्मी, […]

बंगलादेश घटनाको विरोधमा नेपालमा प्रदर्शन

बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ । प्रदर्शनमा सहभागी युवाहरुले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए । युवाहरुले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत […]

सुशीला कार्की सरकारविरुद्ध जेनजी समूह असन्तुष्ट माइतीघरमा आज प्रदर्शन गर्दै

 सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । समूहका संयोजक मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने जानकारी दिएका छन्। सरकारसँग असन्तुष्टि जनाउँदै जेनजी समूहले आफूहरूले अघि सारेका माग र मुद्दा सरकारले ‘अपहरण’ गरेको दाबी गरेको छ। प्रधानमन्त्रीको १०० […]

पार्टीका शीर्ष नेता लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबारमात्रै कारागारबाट रिहा भएका लामिछाने आइतबार साँझ पार्टीका केही नेताहरूसँगै लिएर प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् । लामिछानेसँगै उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र सोविता गौतम बालुवाटार पुगेका छन् । लामिछाने जेलमुक्त भएपछि […]