जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन ६ सदस्यीय समिति गठन

निर्वाचन आयोगले जनसंख्याकाे आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागेको हो। जनसंख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, […]

एनपीएल क्रिकेटकाे फाइनल खेल भाेलि हुने

जारी दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार दिउँसो साढे ३ बजेदेखि शुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको छ। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा […]

पोर्चुगलका प्रधानमन्त्रीद्वारा उच्च पारिश्रमिकको घोषणा : न्यूनतम ज्याला १ हजार ६ सय युरो

पोर्टो (पोर्चुगल) — पोर्चुगलका प्रधानमन्त्री तथा सोशल डेमोक्र्याटिक पार्टी (PSD) का अध्यक्ष लुइस मोन्टेनेग्रोले देशको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने उद्देश्यका साथ ज्याला वृद्धिको नयाँ र निकै महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको छ । पोर्टोमा आयोजित सामाजिक-लोकतान्त्रिक मेयरहरूको १० औं राष्ट्रिय कांग्रेस (ASD) को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अबको लक्ष्य न्यूनतम ज्याला १ हजार ६ सय […]

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरूलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए । ‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन् । त्यस्ता पालिकाहरूलाई नियमानुसार तुरुन्त विद्यालय […]

दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीको शानदार शतक, भारतलाई बलियो अवस्थामा पुर्‍यायो

 भारत र दक्षिण अफ्रिकाबीच जारी तीन एकदिवसीय खेलहरूको शृङ्खलामा भारतीय स्टार ब्याट्सम्यान विराट कोहीले दोस्रो खेलमा पनि शतकीय प्रदर्शन दोहोर्याएका छन्। उनले ९० बलमा व्यक्तिगत १०० रन पूरा गर्दै एकदिवसीय क्रिकेटमा आफ्नो ५३-औँ शतक दर्ता गरे। दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि भारतका स्ट्यान्ड-इन कप्तान केएल राहुलको नेतृत्वमा टिमले बलियो सुरुआत पाएको […]

एनपिएलमा आज दुई खेल: पोखरा र चितवनलाई जित्नै पर्ने बाध्यता

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच हुँदैछ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौंले भने छ खेलबाट […]

किरात समुदायकाे आज उधाैली पर्व, धुमधामका साथ मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो। आज संयुक्त रूपमा यस […]

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइयो

पशुपतिनाथ मन्दिरमा राखिएकाे फलामको बार हटाइएको छ। पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्। मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन्। विश्वसम्पदा क्षेत्रमा […]

दिल्लीमा बायु प्रदुषण फेरि खतरनाक अवस्थामा

भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बुधवार दिल्लीको एअर क्वालिटी इन्डेक्स एक्यूआई ३ सय ७६ माथि अर्थात निकै खराब अवस्थामा पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । सीपीसीबीका अनुसार दिल्लीका धेरै स्थानमा एक्यूआई ४ सय भन्दा माथि पुगेको छ । सबै […]

यू-१९ नेपाली टोली स्वदेश फिर्ता

एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली मंगलबार राति स्वदेश फर्किएको हो। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वागत गरेको थियो। एसीसी पुरुष यू-१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक […]