नेकपा (एमाले) ले भदौ १३ गते बोलाएको बैठक स्थगित भएको छ। दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो। तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिएको भन्दै एमालेले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो। केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको बताए। ‘अहिलेलाई १३ गतेको बैठक स्थगित भएको छ। अर्को बैठकबारे कुनै सूचना दिइएको छैन। विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरू कम्पायल गर्न कति समय लाग्छ,’ उनले भने। एमालेले विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउन मंगलबार बेलुकासम्मको समय दिएको छ। बुधबार र बिहीबार ती सुझावलाई दस्तावेजीकरण गर्न नभ्याइने भएकाले पनि बैठक सार्नु उपयुक्त हुने सुझाव दिएको गौतमले बताए। भदौ १४ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जाने कार्यक्रम पनि छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज सभा हलमा हुँदैछ। एमालेको यो महाधिवेशनले विधान तर्जुमा गर्नेछ। तर भण्डारी पक्षले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राख्ने तयारी गरेपछि बैठक नै सारिएको बताउँछन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी १० औं केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नु अस्वाभाविक नभएको बताउँदै फरक मत दर्ज हुने सम्भावना बताएका थिए। ‘केन्द्रीय सदस्यहरूको बैठक हो, सदस्यहरूले बोल्छन्, आफ्ना धारणा राख्छन्, त्यसलाई अस्वाभाविक रूपमा लिनुहुँदैन, यो नियमित प्रक्रिया हो,’ उनले सेतोपाटीसँग भने। एमाले नेता कृष्ण दाहालले पनि अबको केन्द्रीय कमिटी बैठमा ईश्वर पोखरेलले फरक मत दर्ज गर्छु भनेको बताए। ‘नवौं बैठक हुलमुलमा सकियो। एजेन्डा नै नभएका विषय पनि आए। त्यहाँ बोल्ने वातावरण नै थिएन। अबको केन्द्रीय कमिटीमा उहाँले फरक मत राख्छु भन्नु भएको छ,’ उनले भने। पोखरेलसहितका नेताको तयारी बुझेरै अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारको बैठक सारेको भण्डारी पक्षको भनाइ छ। एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। यो सँगै उनको सदस्यता पनि निष्क्रिय तुल्याएको थियो। तर भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छन्।

नेकपा (एमाले) ले भदौ १३ गते बोलाएको बैठक स्थगित भएको छ। दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो। तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिएको भन्दै एमालेले केन्द्रीय कमिटी बैठक स्थगित गरेको […]
कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगलाई कारवाही

कुवेतमा विषाक्त मदिराका कारण २३ जना आप्रवासी कामदारको मृत्यु भएपछि सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालमाथिको कारवाही व्यापक बनाएको छ । दुई साताअघि विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १३ जना नेपालीसहित २३ जना आप्रवासी कामदारको मृत्यु भएको थियो । यस घटनामा १६० जनाभन्दा बढी बिरामी परेर उपचाररत छन् । कुवेती अधिकारीहरूले अवैध […]
आज कहाँ कहाँ पनि पर्ला ? यस्तो छ पुर्वानूमान

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको […]
भाद्र शुक्ल तृतीयाः हरितालिका तीज व्रत गरिँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलबा देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता […]
तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी ढिकि जातो प्रतियोगिता सुरु

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी ढिकि जातो प्रतियोगिता सुरु पोखरा ९ भाद्र,पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अर्न्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका […]
पोखरामा नगर बस दुर्घटना केहि घाइते (घाइतेको नामावली सहित)

पोखरा भदौ ९/ पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार आज आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ […]
ग्रिन सिटी, क्लिन सिटी’ अभियान: पोखरालाई हरित शहर बनाउने मेयर आचार्यको प्रतिबद्धता

पोखरा, भदौ ९-पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान अन्तर्गत शहरलाई हरियालीयुक्त बनाउने महानगरको लक्ष्यमा सबैको साझेदारी आवश्यक रहेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले महानगरको हरित शहर निर्माणको संकल्पमा सुरक्षा निकायसँगको सहकार्यले थप बल पुगेको उल्लेख गर्नुभयो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश […]
हयाप्पी ‘फादर्स डे’

पोखरा भदौ १० ,फादर्स डे अथवा “बुबाको मुख हेर्ने दिन ” कुशे औंसी दिनको दिनमा पर्ने गर्छ । उक्त दिन आफ्ना बुबालाई मिठो खाना र उपयोगि गिफ्ट दिएर सम्मान गर्ने गरिन्छ । यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी […]
मेयर आचार्यले भने तीज शुभकामना: “संस्कृतिको संरक्षण गर्दै पर्व मनाऔँ”

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तीज पर्वलाई यसको मौलिकता जोगाउँदै सांस्कृतिक संरक्षणमा जोड दिएर मनाउन आग्रह गर्नुभएको छ । मेयर आचार्यले तीज पर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै महिलाहरूलाई आफ्ना सुखदुःख र […]
हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको अघिल्लो दिन एक […]