आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजकमा निर्देशक दिवाकर भण्डारी नियुक्त

आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजकमा निर्देशक दिवाकर भण्डारी नियुक्त नेपाली फिल्म उद्योगका चर्चित निर्देशक तथा हास्य कलाकार दिवाकर भण्डारीलाई आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजक नियुक्त गरिएको छ। विगत वर्ष उत्कृष्ट निर्देशकको अवार्ड बाट सम्मानित भएका भण्डारी नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो निर्देशनकला र हास्य अभिनयमार्फत पहिचान बनाउन सफल भएका छन्। […]
श्रावन १८ देखि ३३ दिनसम्म अभियान: नेकपा (एस) पोखरा महानगर कमिटीको वडा तहमा गतिविधि गर्ने

पोखरा, — नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले श्रावन १८ गतेदेखि ३३ दिनसम्म प्रत्येक वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका महानगर अध्यक्ष प्रेम थापाले जानकारी दिनुहुँदै, यस अभियान अन्तर्गत वडास्तरीय बैठक, संगठन सुदृढीकरण, सदस्यता नविकरण तथा अधिवेशन तयारीका कार्यहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार भदौ महिनाभर वडा अधिवेशन सञ्चालन गरिनेछ। संगठनात्मक गतिविधिसँगै […]
तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै भोटाङमा २०.८ मिलिमिटर, बोल्डेमा २९ मिलिमिटर, गोब्रेमा […]
माउन्ट अन्नपूर्णमा स्वागत र अभिमुखीकरण

पोखरा ३,नदिपुर भिसि मार्गमास्थित माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालये कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा विभिन्न तरिकाले परिचित भइरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । उनले कक्षा १२ अध्ययन पश्चात कता जाने भन्ने बाटो […]
“कोदो उत्पादन घट्दै जाँदा गम्भीर चिन्ता, पुनः प्रवर्द्धन आवश्यक” — मेयर आचार्य

प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ पोखरामा पनि मनाइएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान गरिएको छ । “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको राष्ट्रिय कोदो दिवसका अवसरमा पोखरा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा […]
संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउने अवस्था छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा रहेको व्यवस्थाका कारण अहिले नेपालमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् । पार्टीको थारु विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार गरेको कार्यक्रममा सभापति देउवाले संविधानका कारण कुनै पनि पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।‘संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउन सक्ने अवस्था छैन,’ देउवाले […]
हृदयेन्द्रको जुम्ला ‘भ्लग’ बारे माओवादी सांसद लामाको कडा टिप्पणी

पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेकी हुन् ।शाहको ‘भ्लग’ ले यतिबेला निकै चर्चा पाएको छ । सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरिरहेको बेला […]
समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठुलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए । उनले नेपाललाई समृद्ध […]
गुन्डा नाइके चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्

प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी […]
देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम […]