स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको निन्दा गरेका छन्। उनले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय भएको बताए। सार्वभौमिकता शक्तिमा नभइ जनतामा निहीत हुने बताउँदै उनले भने, ‘स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय छ। सार्वभौमिकता जनतामा निहित हुन्छ, शक्तिमा होइन।’ सचिव बस्नेतले विश्वशान्ति र स्वाधीनताको पक्षमा एकताबद्ध प्रतिरोध आवश्यक रहेको औंल्याए। ‘विश्वशान्ति […]
उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क)/भूगर्भ विभाग (डीएमजी) का अनुसार स्थानीय म्याग्निच्युड (एमएल) ४.३ मापन गरिएको भूकम्पले आसपासका क्षेत्रमा धक्का महसुस भएको हो । भूकम्पबाट हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । थप विवरण संकलन […]
ढुङ्गेसाँघु पर्यटन स्थल संरक्षण समितिको साधारणसभा तथा अधिवेशन सम्पन्न

कास्कीस्थित ढुङ्गेसाँघु पर्यटन स्थल संरक्षण समितिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा–१७ का जनप्रतिनिधि शिबराम भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको कार्यक्रममा शिबीन्द्र राज भण्डारीले अध्यक्षता र विक्रम भण्डारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तेजबहादुर थापा मगरलाई सम्मानसमेत गरिएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा लेख राज भण्डारी अध्यक्ष चयन हुनुभएको […]
तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनौं : विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए । निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा […]
छत्तीसगढमा सुरक्षाकर्मीसँगको मुठभेडमा १४ माओवादी मारिए

बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार सशस्त्र माओवादीहरूको उपस्थितिको ठोस सूचनाका आधारमा सुरक्षा बलले सर्च अपरेशन सुरु गरेको थियो। मुठभेड स्थलबाट हालसम्म १४ वटा शव बरामद भइसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। सुकमा जिल्लाबाट १२ र बीजापुरबाट दुई जना माओवादीको शव फेला परेको छ। मुठभेड स्थलबाट सुरक्षा बलले एके–४७, […]
सिरहा क्षेत्र नम्बर ३ बाट एमालेका लीलानाथ श्रेष्ठ एकल सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेलको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । श्रेष्ठ यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि […]
महसुल नतिर्ने २४९ उपभोक्ताको लाइन काटियो, बक्यौता उठाउन विद्युत प्राधिकरणको कडाइ

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडा कारबाही सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म महसुल नतिर्ने २४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ। विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार […]
गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो

संयुक्त राष्ट्रसंघले गाजामा अझै दश लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायताकाे आवश्यक रहेकाे जनाएकाे छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार साे कुरा जनाएको हाे । यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो । युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौँ टेन्ट र सयौँ हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको […]
कांग्रेस नेता सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने

मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली काँग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दै डा। शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार ४ […]
झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ। काठमाडौंबाट आएको एटिआर ७२ बुद्ध ९०१ कलसाइनको विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विमानमा सामान्य क्षति भए पनि यात्रु र चालक दलका सदस्य सबै सकुशल छन्। सबै यात्रुको उद्धार भइसकेको उनले बताए । शुक्रबार बेलुका ९ बजेर ७ मिनेटको समयमा विमान चिप्लिएको प्रहरीले […]