दोलखामा बोलेरो गाडी दुर्घटनाग्रस्त : दुई महिलाको मृत्यु, एक घाइते

दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। दोलखाको कालिञ्चोक गाउँपालिकाको सिँगटी बजारबाट झ्याँकुतर्फ जाँदै गरेको बा १६ च ७६५१ बोलेरो गाडी शुक्रबार राति गौरी शंकर गाउँपालिका-४ डेपुङमा दुर्घटनाग्रस्त हुँदा दुई महिलाको मृत्यु भएको हो। उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका गौरी शंकर गाउँपालिका-४ डेपुङकी ३२ वर्षीया […]
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक

राष्ट्र बैँकले आज आइतबार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैँकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैँकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ । निक्षेप बढेको […]
छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत

संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार संसद्को अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । छलफलमा सत्ता र प्रतिपक्षहरूले आ–आफ्नै अडान […]
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमण दर तीव्र रूपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सङ्क्रमण फैलन नदिन पूर्व तयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको सङ्क्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा.प्रकाश बुढाथोकीले भारतमा पछिल्लो […]
रुपन्देहीमा जलेको अवस्थामा एक युवती खेतमा मृत भेटिइन्

रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छिन् । सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी २२ वर्षीया पत्नी सिर्जना पाल घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको खेतमा गएराती जलेको अवस्थामा मृत भेटिएकी हुन्। घटनास्थलबाट प्रहरीले आधा जलेको शव बरामद गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी […]
अमेरिकामा अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रर्दशन

एजेन्सी जेठ २५/ अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित गरेका फक्स न्यूजले जनाएको छ । त्यहाँको गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरू हकीम जेफ्रीज, करेन बास, टिम […]
पहिलो पाईला नेपालले गर्यो रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल पोखरा शाखाले आफ्नो वार्षिक अभियान अन्तर्गत रहेर “रत्तदान जिवनदान , जिवनदान महादान “भन्ने मुल नाराको अधिनमा रहि रत्तदान कार्यक्रम सस्था अध्यक्ष केनुका थापाको अध्यक्षता पोखरा महेन्द्रपुल हुलाक गेट अघि सम्पन्न गरेको छ । उत्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा महानगर वडा न. १५ का वडा अध्यक्ष तोरण बानिया ज्युको उपस्थिति रहेको […]
एमालेनिकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको अनेरास्ववियुका अध्यक्ष समिकुमार बडालले जानकारी दिए। बन्द सत्र पनि सोही हलमा हुनेछ। उनकाअनुसार महाधिवेशनको सम्पूर्ण […]
तीन प्रदेशमा वर्षाको सम्भावना

मनसुन नेपाल भित्रिएको १० दिन बितिसक्दा पनि कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। पछिल्लो तीन घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। आइतबार दिउँसो कोशी प्रदेश […]
१ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पोखरा जेठ २४/ तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगमा १ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरि २२ जिल्लाका बिद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो । सहयोगले बिभिन्न जिल्लाका हाल कक्षा ९ मा पढने ९ जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गरेको प्रतिष्ठानले जनाएको […]