सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो। बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा प्रदेश सरकारका नियमित […]
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनको समयसीमा
भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी १५ दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन […]
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित क्षतिको विषयलाई प्रमुखताका साथ उठाउने भएका छन्। महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क जाने तयारीमा छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा सेप्टेम्बर २२ देखि २८ सम्म उच्चस्तरीय महासभा सञ्चालन हुँदैछ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई […]
फेवातालमा क्याकिङको शुल्क ३०० रुपैयाँ तोकियो, महेन्द्र नेपालीको संयोजकत्वमा नयाँ समिति गठन

पोखरा — पोखरास्थित प्रसिद्ध फेवातालमा जलखेलकुद व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले क्याकिङको दररेटमा एकरूपता ल्याउने निर्णय गरेका छन्। अबदेखि सबै कम्पनीहरूले फेवातालमा क्याकिङ गराउँदा अनिवार्य रूपमा ३०० रुपैयाँ दररेट कायम गर्नुपर्नेछ। हल्लञ्चोकस्थित सामुदायिक प्रहरी केन्द्रको भवनमा सम्पन्न फेवाताल सर्फिङ तथा क्याकिङ व्यवसायीहरूको विशेष भेलाले उक्त निर्णय गरेको हो। करिब ५० जना व्यवसायीहरूको उपस्थितिमा भएको उक्त […]
ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङ्कास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए। प्रहरीका अनुसार पक्राउ पर्नेमा बंगलादेशको […]
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल
उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो। केरुङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्याइएका फलफूल पल्टी गरी […]
‘राष्ट्रियसभामा रास्वपा नहुँदा कानुन बनाउन असहज भयो’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभामा आफ्नो दल रास्वपाको उपस्थिति नहुँदा कानुन निर्माण प्रक्रियामा जटिलता र असहजता उत्पन्न भएको बताएकी छन्। प्रतिनिधिसभामा उपस्थिति भए पनि अन्यत्रबाट अपेक्षित सहयोग नजुट्दा कानुनी सुधारमा बाधा पुगेको उनको भनाइ छ। जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरस्थित तत्कालीन संसद् भवन परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]
रवि लामिछानेले गरेको विश्वास कायम राख्नेछु : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्। काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ताले राखेको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए पार्टी सभापति लामिछानेले आफूलाई सरकारमा रहेर सुशासनको उदाहरण प्रस्तुत गर्न जिम्मेवारी दिएको उनकझो भनाइ थियो । उनले उक्त विश्वासलाई कमजोर […]
आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि
आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन् । एमएस प्रोडक्सनद्वारा आइतबार अबेर राति ललितपुरमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा समेत रहेकी आइस्ताले उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन् । प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना […]
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल […]