अमरेशकुमार सिंह रास्वपा प्रवेश

 अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगायत नेताहरूले सिंहलाई रास्वपा प्रवेश गराएका हुन् । रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे । उनले आफू कुनै पदका लागि नै […]

बामदेव र झलनाथ खनाल चुनाव नलड्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम यो पटकको निर्वाचन नलड्ने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउँदा गौतमको नाम भने समेटिएको छैन । गौतमलाई बर्दिया १ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका हुन् । राष्ट्रिय सभा सदस्य […]

रास्वपाले टिकट नदिएपछि बागलुङ– १ मा उज्यालोबाट उम्मेदवार बने राजेन्द्र शर्मा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट टिकट नपाएपछि बागलुङ– १ मा राजेन्द्र शर्माले विद्रोह गरेका छन् । उनले उज्यालो नेपाल पार्टीबाट टिकट लिएका हुन् ।बागलुङ– १ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्कालाई टिकट दिएपछि रास्वपा बागलुङमा असन्तुष्टि देखिएको छ ।

कराचीको गुल प्लाजामा आगलागी : मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, ६० जना अझै बेपत्ता

पाकिस्तानको कराची स्थित गुल प्लाजामा आइतबार राति भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्नुका साथै करिब ६० जना बेपत्ताहरुको खोजी र उद्धार कार्य जारी रहेको जियो न्यूजले जनाएको छ । आगलागी प्रभावित सपिङ मलमा अग्नि तथा उद्धारकर्मीहरूले खोज तथा उद्धारका लागि झ्याल तथा पर्खाल तोड्न सुरु गरेको जनाइएको छ । घटनास्थलमा २२ वटा फायर ब्रिगेडको […]

विरोधपछि एमालेले कास्की २ मा फेर्‍यो उम्मेदवार

पोखरा । नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार हेरफेर गरेको छ । शनिबार टिकट पाएका जिल्ला इन्चार्ज कृष्ण थापाको चौतर्फी आलोचना भएपछि एमालेले उम्मेदवार फेरेर रश्मिलाई टिकट दिएको हो । थापाले पोखराको मेयर चुनावी क्रममा आगामी दिनमा आफू चुनाव नलड्ने घोषणा गरेका थिए । सोही विषयलाई लिएर एमालेभित्र चरम असन्तुष्टि बढेको थियो । सामाजिक […]

काठमाडौं-१ बाट रास्वपाले रञ्जु दर्शनालाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ । यसघि उनले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन् । रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । उनले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । महिला आकांक्षीहरुमा उनलाई सर्वाधिक मत आएको थियो। तर, रास्वपाले बन्दसूची […]

मधेसका निवर्तमान सभामुख मण्डलले सांसद पदबाट दिए राजीनामा सिएन नेपाल सिएन नेपाल सोमबार, माघ ५, २०८२

। मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन् ।

सल्यानमा प्रकाश ज्वाला चुनावी मैदानबाट बाहिरिए, प्रचण्डका पूर्व स्वकीय सचिव मल्लले पाए टिकट

 सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेश मल्लले टिकट पाएका छन् । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका मल्लले टिकट पाउन सफल भएका छन् । सल्यान नेकपाका नेता प्रकाश ज्वालाको गृह जिल्ला हो । कुनै बेला एमाले हुँदा पनि उनी बलिया थिए, एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लागेका उनी ०७९ को चुनावमा आफ्ना […]

लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन् । मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । उनीसँग मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शालिकमा माल्यार्पण गरेका छन् । प्रथम मधेश आन्दोलनको आज १९ वर्ष […]

कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए ।  संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु […]