नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष […]
चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय, कारण के हो ?

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार म्यानमारमा ‘स्कैम सेन्टर’ सञ्चालन गरेको आरोपमा देशको एक अदालतले माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। यस परिवारका दर्जनौं सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ र अरू धेरैलाई लामो जेल सजाय सुनाइएको छ। यो चिनियाँ माफिया परिवारले म्यानमार-चीन सीमा नजिकै अवस्थित सानो म्यानमार शहर लौक्काईलाई नियन्त्रण गर्ने चार […]
महेश बस्नेतमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई सरकारी वकिलको पत्राचार

नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको हो। जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा ‘प्रतिवादी बस्नेतलाई कागज गराई […]
एकै दिनमा एक लाखभन्दा धेरैले छाडे काठमाडौं उपत्यका

पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दशैं मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट […]
राजनीतिक दलका नेताका अझै दु:खका दिन आउन बाँकी छ: महासचिव भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीका नेताहरु नसुध्रिएकाे खण्डमा दुर्दिनहरु अझै बाँकी रहेको बताउनुभएको छ । ललितपुरमा साेमबार आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उहाँले बताउनुभयो । राजनीतिक पार्टीहरुको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको उहाँकाे भनाइ छ । जेनजी आन्दोलनबाट भएका […]
फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो । कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका […]
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ समारोह सम्पन्न

बडादसैँको सातौँ दिन सोमबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ। समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरिएको थियो। सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा प्रहार, तोप हानाइ, सैनिक परेड प्रदर्शन तथा दुर्गा नाच प्रस्तुत गरेको थियो। साथै सेनाको हेलिकप्टर र ड्रोनमार्फत ‘फूलपाती […]
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् । मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।’ मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर घर […]
मुग्लिन–नारायणगढ सडक ६ घन्टापछि सञ्चालनमा

पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ ६ घन्टापछि सञ्चालनमा आएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा साँझ ६ बजेबाट सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। तुइनखोला नजिक पहिरो आउँदा सडक अवरुद्ध भएको थियो। पहिरो झरिरहेकै अवस्थामा पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। पहिरोका कारण दशैंको समयमा गन्तब्यतर्फ लागेका हजारौं यात्रु अलपत्र परेका थिए।
डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएकाे हाे । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ […]