ऐनले शिक्षक र कर्मचारीको मन चिसो नबनाओस्

भनिन्छ — कुनै पनि देशको शासन, विकास र सेवा प्रवाहको स्तर त्यो देशको शिक्षाको गुणस्तरभन्दा माथि हुन सक्दैन। राज्यको पुनर्संरचनामार्फत शिक्षामा अपेक्षा गरिएको नयाँ संरचना, नीति र विधि कार्यान्वयन गर्न विद्यालय शिक्षा ऐन जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अस्वाभाविक विलम्ब, आन्दोलन र सम्झौताको लामो यात्रापछि संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको पूर्ण बैठकमा […]
महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन: उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर डङ्गोलले यस्तो सुझाव दिएकी हुन् । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि […]
भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

वासिङ्टन डीसी । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो ।हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भएपनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको […]
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकाले उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। प्रधानमन्त्र ओली भदौ १८ गते स्वदेश फर्कनेछन्।
अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ। वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यद्यपि अदालतले ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने मौका दिएको छ। त्यसका लागि अक्टोबर १४ सम्मका लागि […]
कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा डाक्टरको मृत्यु

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ। दुर्घटनामा कार चालक डा. विप्लव भट्टको मृत्यु भएको हो। शनिबार बिहान साढे १ बजे भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा […]
सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध

पृथ्वी राजमार्ग सुक्खा पहिरो खसेका कारण अबरुद्ध भएको छ । राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।
पोखरामा मेयर आचार्यको नेतृत्वमा ‘मेगा वृक्षारोपण अभियान’: २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्वच्छ, सफा र हरियाली पोखरा निर्माण गर्ने महाअभियान स्वरूप ‘मेगा वृक्षारोपण अभियान’ सञ्चालन गरिरहेका छन्। यस महत्वाकांक्षी अभियानअन्तर्गत विभिन्न ३८ प्रजातिका कुल २ लाख २६ हजार बिरुवाहरू महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा रोपिनेछ। मेयर आचार्यको यो पहलले पोखराको वातावरणमा सकारात्मक प्रभाव पार्ने र शहरलाई अझै सफा तथा हरियाली शहरको रूपमा परिचित गराउन […]
बागमती सरकारले एक महिनाभित्र सवारीचालक अनुमतिपत्र वितरण गर्ने

यातायात व्यवस्थापनलाई आधुनिक, पारदर्शी र डिजिटल बनाउन इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (इडिएलएस) र भेहिकल रजिस्ट्रेसन सिस्टम (भिआरएस) सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब एक महिनाभित्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने भएको छ। यस प्रणालीमार्फत नागरिकले अनलाइनमार्फत आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरणका लागि निवेदन गर्न तथा प्रिन्टिङ प्रक्रियासम्म सहज पहुँच पाउने व्यवस्था गरिएको छ। […]
प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली बिहान ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई बिदाइ गर्न उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको […]