आत्मघाती हमलापछि पाकिस्तानले गर्यो अफगानिस्तानमा हवाई आक्रमण
हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको पाकिस्तानी सेनाले बताएको हो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार आइतबार गरिएको सूचनामा आधारित लक्षित अपरेसनमा तेहरिक–ए–तालिबान पाकिस्ता (टीटीपी) र त्यसका सहायक समूहसँग सम्बन्धित सात ठाउँमा प्रहार गरिएको थियो । सीमा क्षेत्रमा इस्लामिक […]
रकेटमा समस्या देखिएपछि नासाको चन्द्र मिसन स्थगित
अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाले आफ्नो बहुप्रतीक्षित चन्द्र अभियान आर्टेमिस–२ स्थगित गरेको छ । ६ मार्च तय गरिएको प्रक्षेपण अब विचाराधीन नभएको नासाले बताएको छ । नियमित जाँचका क्रममा अन्तिम समयमा देखिएका प्राविधिक समस्याका कारण उडान रोकिएको नासाले जनाएको हो । शनिबार नासा प्रमुख जारेड आइज्याकम्यानले रकेट प्रणालीमा थप मर्मत आवश्यक परेकाले प्रक्षेपण तालिका पर […]
भारत–ब्राजिलबीच दुर्लभ खनिज तत्वमा सहकार्य गर्ने समझदारी
काठमाडौं । भारत र ब्राजिलले २१ फेब्रुअरीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नयाँ दिल्लीमा जारी एआई सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा आएका ब्राजिलका राष्ट्रपति लुईज इनासियो लूला दा सिल्भाले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै ‘क्रिटिकल मिनरल्स’ र […]
राजनीतिक दलका उम्मेदवारको सांगठनिक विरासतको प्रतिस्पर्धामा महावीर पुनको व्यक्तित्व
म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् । अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार रहेका स्वतन्त्र उम्मेदवार डा. […]
रास्वपा उमेदवारलाई सहकारी पीडितले दिए विद्यालयको बिल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै सहकारी पिडीतले पोखरामा रास्वपा उमेदवारलाई विद्यालयको विल बुझाएका छन् । पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाउनु भएको हो । […]
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी
काठमाडाैं । मुलुकको समसामयिक विषय तथा समग्र शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ । बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका […]
‘जेन–जी संविधान’ जारी गर्नुपर्ने माग गर्दै माईतीघरमा अनसन
जेन–जी संविधान जारी गर्न माग गर्दै जेन–जी युवा पुस्ताको एउटा समूह अनसनमा बसेको छ । जेन–जी विद्रोहको भावनाअनुरुपको जेनजी संविधान यही फागुन १५ गते सार्वजनि गर्नुपर्ने मागसहित उक्त समूह काठमाडौंको माईतीघर मण्डलामा अनसनमा बसेको हो । अनसनरत जेन–जी युवा जनार्दन अधिकारीले जेन–जी शहीदहरुमाथि राज्यसत्तामा बस्नेहरुले भद्दा मजाक गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले […]
क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बार्ता: करदेखि भिसासम्मका लागि ऐतिहासिक सहमति

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ । क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गरेका छन् । सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ। अमेरिकी […]
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको […]
हिटलरको घर अब प्रहरी चौकी

नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन अग्रसर भएको हो । सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर सहरको केन्द्रमा साँघुरो पसलहरूले घेरिएको सडकमा अवस्थित छ । […]