निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धि प्रशिक्षण दिन थालिएको हो । तालिममा जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान […]
एमालेले गरेको विकासमा उभिएर हाम्रो विरोध भइरहेछ : ओली
एमाले अध्यक्ष केपी ओलीले आफूलाई हटाउँदा देश ड्राइभरविनाको गाडीजस्तो हुने बताएका छन् । झापाको दमकमा नेसनल भोलेन्टियर्स फोर्स कोशीको घोषणा कार्यक्रममा सोमबार उनले आफू सरकारमा आउन साथ देश कुद्ने दाबी गरे । ‘मलाई सरकारबाट हटाउँदा ड्राइभरविनाको गाडीजस्तो हुन्छ देश,’ उनले भने, ‘म सरकारमा आउनेबित्तिकै देश कुद्छ । म सरकारबाट हटेपछि जहाँको त्यहीँ हुन्छ ।’ ओलीले देश विकास गर्ने पार्टी […]
झापा उत्रिए रवि, इटहरीमा बालेनसँगै परिवर्तन सभा

दमक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने झापामा उत्रिएका छन्। भद्रपुरस्थित विमानस्थलमा उनको स्वागतका लागि ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्ता पुगेका थिए। लामिछाने झापाका निर्वाचन क्षेत्रहरु १, २, ३, ४ र ५ मा विभिन्न कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका बरिष्ठ नेता बालेन शाहसँगै कोशी प्रदेशको परिवर्तन सभाका लागि इटहरी जानेछन्। इटहरीमा हुने […]
पेरूमा उद्धारका क्रममा सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त
एजेन्सी । पेरुमा बाढीको समयमा उद्धारका क्रममा साेमबार सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकाेप्टर दुर्घटना भएको बीबीसीले जनाएको हाे । साेही दुर्घटनामा ११ यात्रु र चालक दलका ४ सदस्यसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउने […]
एजेन्सी । बेलायतका पूर्वराजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। प्रहरीले जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा म्यान्डेलसनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरेकाे हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको जनाएकाे छ। सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो। त्यतिबेला सादा […]
एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ। संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरूको चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो । निर्वाचन फागुन ३० देखि चैतमा सम्पन्न गरिने संघले जनाएको […]
पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

पाकिस्तान र बङ्गलादेशबिच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवारहरू फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् । करिब तीन दशकअघि छोटो भ्रमणका लागि पाकिस्तान आएका ६० वर्षीय शाह आलम अझै कराचीमै अड्किएका छन् । […]
ग्रिनल्याण्डले अस्वीकार गर्यो ट्रम्पको अस्पताल जहाज प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्पताल जहाज पठाउने प्रस्तावलाई ग्रिनल्याण्डले अस्वीकार गरेको छ । ‘धन्यवाद, तर आवश्यक छैन’ भन्दै ग्रिनल्याण्ड ट्रम्पको उक्त प्रस्ताव अस्वीकार गरेको हो । ट्रम्पले यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै डेनमार्कको स्वायत्त भूभाग ग्रिनल्याण्डलाई नियन्त्रणमा लिन चाहेको बारम्बार बताएका थिए । प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै अमेरिकी प्रस्ताव नोट गरिएको बताएका छन् […]
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार

दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो । भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका […]
एमाले निवर्तमान सांसद रास्वपा प्रवेश

नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन् । सिरहाको गोलबजारमा सोमबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए । उनीसहित अन्य एमाले नेता, कार्यकर्ता पनि प्रवशे गरेको रास्वपाको दाबी छ । रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।