मलेसियालाई सजिलै हराएर नेपाल फाइनलमा

नेपाल एसिसी मेन्स इस्ट जोन कप २०२५  को उपाधि नजिक पुगेको छ। सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए भने […]

बालीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु, दर्जनौँ बेपत्ता

इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बताएअनुसार अरू दर्जनौँ बेपत्ता भएका छन् । एजेन्सीको सुराबाया कार्यालयका अनुसार दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका१२ जना सदस्य थिए । बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट […]

नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् । स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलका क्रममा उनले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे । प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रम […]

बेंगलुरु घटना : आरसीबीले ४ हप्ताभित्र लिखित जवाफ दिनुपर्ने

आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको […]

बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादको कारण श्रीमानले  धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको  हत्या गएको छ। स्थानीय  ३५ वर्षीय बच्चा मियाँले घरेलु आफ्नी २३ वर्षीय श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए। प्रहरीका अनुसार खातुनको घटनास्थलमै मृत्यु भएको थियो […]

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो, भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए । उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ । ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ । हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको […]

एसियन कप छनोटः कप्तान साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको शानदार जित

एएफसी महिला एसियन कप  २०२६ छनोट प्रतियोगिता अन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ । बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले दुई, निशा थोकर,  रेखा पौडेल र पूजा रानाले समान एक गोल गरेका हुन् । खेलभर नेपालले श्रीलंकाको पोष्टमा ३४ भन्दा धेरै प्रहार गरेको […]

काँग्रेसले तोक्यो तरुण दलको महाधिवेशनको मिति

नेपाली काँग्रेसले नेपाल तरुण दलको महाधिवेशन आगामी मंसिर २६-२८ सम्म गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरूप तोकिएको समयमा अनिवार्य महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । महाधिवेशनसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्यसमिति भित्रैबाट […]

यी ६ प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, […]

‘प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार छु’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ । बुधबारको समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताउनुभयो । उहाँले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउनुभयो । उहाँले यो गम्भीर प्रकृतिको अपराध भएको र […]