गृहसचिव प्रहरी हेडक्वार्टरमा, निर्वाचन सफल बनाउन निर्देशन

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै श्रेष्ठले साधन स्रोतको सीमितता र चुनौतीहरूको बाबजुद अपराध नियन्त्रणमा प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए । सचिव श्रेष्ठले भने, ‘नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिककेन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।’ […]

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेताको कार्यभार सम्हालेका छन् । आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् । यसअघि उनले आइतबारै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएर उनी बनस्थली पुगेर घण्टी बजाएका थिए । उनीसँगै जेनजी अगुवा सुदन […]

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

– काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेताको कार्यभार सम्हालेका छन् । आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् । यसअघि उनले आइतबारै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएर उनी बनस्थली पुगेर घण्टी बजाएका थिए । उनीसँगै जेनजी अगुवा सुदन […]

आजपा र पहिला देश अभियानबिच पार्टी एकीकरण

आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ । काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोबाइल […]

तैनाथीका लागि मिनियापोलिसमा १५०० सेना तयार

मिनेसोटा राज्यको राजधानी मिनियापोलिसमा बढ्दो विरोध प्रदर्शनका कारण अमेरिकी रक्षा मन्त्रालयले १ हजार ५०० सक्रिय सेनालाई सम्भावित तैनाथका लागि तयारी अवस्थामा राखेको छ । प्रहरी र संघीय अधिकारीहरूलाई सम्भावित तनाव नियन्त्रणका लागि सक्रिय राख्ने निर्णय अझैसम्म अन्तिम रूपले लागु गरिएको छैन । यो महिनाको सुरुमा अध्यागमन तथा भन्सार विभागका एक एजेन्टले सहरमा ३७ वर्षीया महिलाको […]

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

 काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका […]

कांग्रेसका नेता शिव हुमागाईँद्वारा निर्वाचन नलड्ने घोषणा

नेपाली कांग्रेसका नेता शिव हुमागाईँले २१ फागुनको चुनाव नलड्ने घोषणा गरेका छन् । अनुपम फुडल्याण्डमा आइतबार भएको शेखर कोइराला पक्षको भेलामा उनले सो घोषणा गरेका हुन् । ‘मेरो नाम सिफारिस भएको छ म चुनाव लड्ने छैन ।यो हलमा म घोषणा गर्छु । प्रजातन्त्रको लागि बाहिर बसेर लड्नेछु,’ उनले भने ।

रास्वपा प्रवेश गर्दै सुदन गुरुङ

जेनजी अभिन्यता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् । पद, शक्ति वा व्यक्तिगत स्वार्थका कारण आफू रास्वपा प्रवेश गर्न नलागेको उनको भनाइ छ । जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय आएको उनले उल्लेख गरेका छन् । उनले […]

नेकपाले मेटमणिलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी असन्तुष्ट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट दिएपछि केसीको असन्तुष्टि बाहिर आएको हो । केसीले पार्टीभित्र आफ्ना पक्षमा अझै सम्भावना रहेको दाबी गर्दै अहिले पनि छलफल जारी रहेको बताएका छन् । उनले भने, “मलाई स्वतन्त्र रूपमा उम्मेदवार बन्नका लागि […]

राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।