शोक प्रश्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित
काठमाडाैं । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाकाे चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो । साथै उहाँले राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभएकाे छ। […]
कविता : के मिलन हुनु गलत होला र ?
यदि मिलन हुनु भ्रष्ट हो भने, टुटेफुटेको, कसरी स्पष्ट हुन्छ होला र, हामी मिलेको असली, अरू जोडिएको अप्राकृतिक, कसरी भन्न मिल्छ होला र, कुन उद्देश्यले मिलन वा बिछोड भएको, केही समयमा जानकारी नहुने, गोप्य कुरा नै, के होला र, स्वार्थ पूरा गर्ने, बाहाना मात्र हो भने, पानी तताएर, कहिले बाक्लो हुन्छ होला र, एकता नै […]
पाँच मिनेटमै सकियो राष्ट्रियसभाको पहिलो बैठक
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो ।आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् । दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब उक्त बैठक माघ […]
सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको हो ।चाँदीको मूल्य भने सामान्य घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ […]
उषाकिरणले भनिन्- ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारको टुंगो लगाएसँगै पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको छ । विशेषगरी प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र हेरफेर गर्ने सचिवालयको निर्णयले पार्टीभित्रैबाट तिखो आलोचना र असन्तुष्टि सुरु भएको हो । एमाले सचिवालयको शनिबारको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उतार्ने […]
इरानमा जारी विरोध प्रदर्शनमा हजारौँको मृत्यु भएको खामेनीले गरे स्वीकार
गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्वीकार गरेका छन् । देशमा दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको अशान्तिको क्रममा हजारौँ इरानीहरू मारिएको शनिबार उनले स्वीकार गरेका हुन् । यी सबै मृत्युका लागि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । अमेरिकी सैन्य सहयोग […]
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट
अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् । जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। त्यहाँ टिकट नपाउने […]
दैलेख–२ मा एमालेको टिकट विवाद: सर्वाधिक मत पाएका विष्णु रिजाल आउट
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेकपा एमालेले आन्तरिक लोकतन्त्रको अभ्यासबाट आएको नतिजालाई उल्ट्याएको छ । उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै पार्टीले अर्कै पात्रलाई अघि सारेको हो । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दैलेख क्षेत्र नं. २ […]
अमेरिकी राजदूत थम्पसन भन्छन्, ‘नेपालको न्यानोपनप्रति कृतज्ञ छु’
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो कार्यकाल पूरा गरेर फर्किन लाग्दा नेपाल र नेपालीप्रति आभार व्यक्त गरेका छन् । नेपाल बसाइका क्रममा यहाँका नागरिकबाट पाएको माया र सद्भावप्रति उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । आफ्नो कार्यकालको अन्त्यमा एक सन्देश जारी गर्दै थम्पसनले नेपालमा बिताएको समय टुङ्ग्याउन लाग्दा आफू निकै कृतज्ञ महसुस […]
आजदेखि काठमाडौंमा टी-२० विश्वकपको ग्लोबल छनोट, थाइल्यान्डको सामना गर्दै नेपाल
काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा कोशेढुंगा मानिएको ‘आईसीसी महिलाटी-२० विश्वकप ग्लोबल छनोट’ आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु मैदानमा इतिहास रच्ने लक्ष्यसहित नेपालले आज आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल […]