जेनजी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
सन् २०२४ को जेनजी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ । बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्याह्नसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबारभर […]
प्रत्यक्षतर्फका ३४०६ उम्मेदवारलाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं – निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई मतदातासामु स्पष्ट कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न आग्रह गर्दै घोषणापत्र सार्वजनिक गर्न भनेको हो। साथै, सार्वजनिक गरिएको घोषणापत्रको एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा […]
हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीजन्य साहसिक पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं । नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र नेपाल पर्यटन बोर्डको सहकार्यमा “२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव” आगामी फागुन १४–१६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) मा आयोजना हुने भएको छ । महोत्सवमा ३० अन्तर्राष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताअन्तर्गत कायाकिङका दुई र राफ्टिङको एक […]
काठमाडौँका ४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै महानगर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरूमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । कार्यशालामा जनप्रतिनिधिहरू, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक […]
कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, सबै यात्रु सकुशल

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो । बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक […]
जसपा नेपालका नेता मनिष मिश्र कांग्रेस प्रवेश गर्दै

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका सदस्य मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । सर्लाही–४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका उनी कांग्रेस प्रवेश गर्ने भएका हुन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव रहिसकेका उनी जसपा नेपालमा अभिभावकत्वको अभाव देखेर पनि पार्टी छाडेको बताइएको छ । लोसपा नेपालले जसपा नेपालसँग एकता […]
नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदय, एकता र फुटको कथा

विगत तीन दशकदेखि नेपाली राजनीतिको आकाशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (पूर्व माओवादी केन्द्र) जस्ता पुराना दलहरूको अविच्छिन्न वर्चस्व रहँदै आएको छ । ०४७ को जनआन्दोलन, ०५२ को सशस्त्र द्वन्द्व र ०६२/०६३ को जगमा उभिएका यी शक्तिहरूले संरक्षणवादी प्रणाली, सिन्डिकेट राजनीति र पार्टीतन्त्रलाई नै राज्यको अभिन्न अंगका रूपमा संस्थागत गरेका छन् । […]
जेनजी आन्दोलनको निष्पक्ष छानबिनमा दोषी देखिए एमाले कारबाही भोग्न तयार : राजन भट्टराई

नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् । नेता भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका हुन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका […]
कारबाहीले डामिएका अधिकृतहरू प्रशिक्षार्थीको सामु उभिने हैसियत राख्दैनन् : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवाप्रति विश्वास बढाउन गुणस्तरीय तालिम अपरिहार्य भएको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै आईजीपी कार्कीले गुणस्तरीय तालिम प्रदान गर्न तालिम लिने र दिनेको छनोट पनि गुणस्तरीय हुनुपर्ने उनले बताए । कार्कीले भने– ‘कारबाहीले डामिएका प्रहरी कर्मचारीहरू कुनै पनि भूमिकामा प्रशिक्षार्थीको सामु उभिने […]
राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित
काठमाडाैं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेकाे छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । सभाको आगामी बैठक फागुन १ गते […]