कांग्रेस डेमोक्रेसी र डेलिभरीको पुल हो, ढल्यो भने विश्वास ढल्छ: गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। कांग्रेसले आफूलाई बदल्दै […]
‘जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तन’
भोटेकोसी बाढीलगायतका अन्य प्राकृतिक विपद्को मुख्य जड जलवायु परिवर्तनमा मात्रै सीमित नरहेको भन्दै एक कार्यक्रमका सहभागीहरूले पुँजीवादी व्यवस्था नै यसको मुख्य कारक भएको आरोप लगाएका छन्। पुँजीवादी व्यवस्था नाफामा मात्रै केन्द्रित हुने र समाजप्रतिको उत्तरदायित्वको बेवास्ता गर्ने भएकाले यो व्यवस्थाले वातावरणीय संकट समाधान गर्न नसक्ने उनीहरूले ठोकुवा गरे। प्राध्यापक समाज नेपाल केन्द्रीय समितिको आयोजनामा आइतबार […]
‘प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ’
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन्। पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा संघीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे। ‘कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा […]
हामीले काम गर्न सकेनौं भने डाँडा कटाइदिनुस्: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाँच वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसके आगामी निर्वाचनमा डाँडा कटाइदिन आग्रह गरेका छन्। आइतबार नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले काम गर्न नसके आफ्नै कार्यकर्तालाई पार्टीको सदस्यता च्यात्न समेत खुला आह्वान गरे। कांग्रेसको ऐतिहासिक मञ्चबाट सम्बोधन गर्दै सभापति लामिछानेले बीपी कोइरालाका […]
भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ
भारत–नेपाल सीमामा तस्करीविरुद्धको कारबाहीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। बारा जिल्लासंग नाका जोडिएको सीमावर्ती भारतको नायकटोला गाउँ नजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो। एसएसबीका अनुसार नेपालतर्फबाट साइकलमा सामान लोड गरी भारततर्फ प्रवेश गरेर पुनः […]
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ। त्यहाँका ५८ घर पहिरोको जोखिममा छन्। जलजलाका १७१ परिवार विस्थापित […]
असोज ३० देखि कात्तिक १-२ गतेसम्म मौसम बिग्रिन सक्छ : मौसमविद् पोखरेल
विनोद पोखरेलले हालको मौसमी संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ गतेसम्म मौसम बिग्रिन सक्ने बताएका छन्। यो प्रारम्भिक पूर्वानुमान भएकाले आगामी दिनमा परिवर्तन हुने सम्भावना धेरै रहेको उनले बताए।। त्यसैले अहिलेको पूर्वानुमानलाई सम्भावित मौसमी अवस्थाका रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘यो पूर्वानुमान परिवर्तन हुने सम्भावना धेरै छ। तर हालको संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ […]
कांग्रेस महाधिवेशनमा शेखर नजाने
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन्। उनी पार्टी मिलाउने भन्दै लामो समयदेखि मझधारमा उभिँदै आएका छन्। केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्। उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा […]
विदेशी नागरिकलाई तत्काल किभ छोड्न रूसको चेतावनी
रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ। साथै, किभका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो। रूसी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा रूसले किभसहित अन्य युक्रेनी सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ। […]
दुई महिनामै ४५९ विपद्का घटना : ९२ जनाले ज्यान गुमाए, करेन्ट लागेर धेरै
मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन्। ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ […]