आजपा र पहिला देश अभियानबिच पार्टी एकीकरण

आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ । काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोबाइल […]

तैनाथीका लागि मिनियापोलिसमा १५०० सेना तयार

मिनेसोटा राज्यको राजधानी मिनियापोलिसमा बढ्दो विरोध प्रदर्शनका कारण अमेरिकी रक्षा मन्त्रालयले १ हजार ५०० सक्रिय सेनालाई सम्भावित तैनाथका लागि तयारी अवस्थामा राखेको छ । प्रहरी र संघीय अधिकारीहरूलाई सम्भावित तनाव नियन्त्रणका लागि सक्रिय राख्ने निर्णय अझैसम्म अन्तिम रूपले लागु गरिएको छैन । यो महिनाको सुरुमा अध्यागमन तथा भन्सार विभागका एक एजेन्टले सहरमा ३७ वर्षीया महिलाको […]

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

 काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका […]

कांग्रेसका नेता शिव हुमागाईँद्वारा निर्वाचन नलड्ने घोषणा

नेपाली कांग्रेसका नेता शिव हुमागाईँले २१ फागुनको चुनाव नलड्ने घोषणा गरेका छन् । अनुपम फुडल्याण्डमा आइतबार भएको शेखर कोइराला पक्षको भेलामा उनले सो घोषणा गरेका हुन् । ‘मेरो नाम सिफारिस भएको छ म चुनाव लड्ने छैन ।यो हलमा म घोषणा गर्छु । प्रजातन्त्रको लागि बाहिर बसेर लड्नेछु,’ उनले भने ।

रास्वपा प्रवेश गर्दै सुदन गुरुङ

जेनजी अभिन्यता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् । पद, शक्ति वा व्यक्तिगत स्वार्थका कारण आफू रास्वपा प्रवेश गर्न नलागेको उनको भनाइ छ । जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय आएको उनले उल्लेख गरेका छन् । उनले […]

नेकपाले मेटमणिलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी असन्तुष्ट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट दिएपछि केसीको असन्तुष्टि बाहिर आएको हो । केसीले पार्टीभित्र आफ्ना पक्षमा अझै सम्भावना रहेको दाबी गर्दै अहिले पनि छलफल जारी रहेको बताएका छन् । उनले भने, “मलाई स्वतन्त्र रूपमा उम्मेदवार बन्नका लागि […]

राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

नेकपा नेता एवं पूर्वमन्त्री रामेश्वर राय जसपा नेपालमा प्रवेश

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरेका छन् । आइतबार उनीसहित सर्लाहीका दर्जनौँ नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादा माला लगाएर पार्टीमा स्वागत गरे । यादवसँगै सर्लाही क्षेत्र नम्बर ३ चक्रघट्टा गाउँपालिकाका […]

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन् : सहसचिव भण्डारी

राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले सरकारी तथा निजी लगानीमा बनिरहेका आयोजनाहरु धेरै समस्यामा फसिरहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघको वार्षिकोत्सवको अवसरमा आयोजित प्यानल छलफलमा बोल्दै भण्डारीले जलविद्युत मात्रका नभई धेरै पूर्वाधारहरु समस्यामा फस्दा समयमै नसकिएको बताए । उनका अनुसार आयोजनाहरु समयमै नसकिनुको कारणबारे अध्ययन समेत आयोगले गरेको थियो । अध्ययनमा सबै मन्त्रालयहरुका […]

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजिनामा

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भुक्तानी संकट चुलिँदै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। तनहुँका काफ्ले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा सेवा प्रदायक संस्थालाई दिनुपर्ने भुक्तानी रकम लगातार बढ्दै जाँदा […]