मिसेस वर्ल्ड नेपाल कात्तिक १४ मा छानिने, २२ महिला भिड्दै
अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपाली प्रतिनिधि धान्ने उद्देश्यले आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ आगामी कात्तिक १४ मा छानिने भएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले प्रतियोगिताको २२ प्रतियोगी सार्वजनिक गर्दै फाइन मिति पनि जानकारी दिएको हो । छानिएका २२ प्रतियोगीमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन […]
रास्वपा सचिवालय बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ। पार्टी कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको छ।
राजनीतिक विश्लेषक भरत दाहाल किन पक्राउ परे ?
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको हो। एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंस्थित साइबर ब्युरोलाई बुझाउने तयारी गरिएको उनले बताए। एसपी कटुवालले साइबर […]
देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। ‘म निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा […]
संविधान दिवस: शीतलनिवासमा विशेष समारोह, प्रधानमन्त्री पनि उपस्थित
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार राष्ट्रपति निवासमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रपतिको कार्यक्रमअघि आजै सरकारको तर्फबाट काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवसको मूल समारोह आयोजना गरिएको थियो। टुँडिखेलको औपचारिक कार्यक्रम सम्पन्न भएपछि शीतलनिवासमा विशेष […]
संविधानको एक दशकः गाउँमा ‘सिंहदरबार’ पुग्यो, तर अडिएनन् युवा र जनसङ्ख्या
लमजुङमा संविधान कार्यान्वयन र सङ्घीयतापछि सरकारी सेवा नागरिकको घरदैलोमै पुगे पनि रोजगारी र सुशासनको अभावमा बसाइँसराइ रोकिन सकेको छैन। विगतमा एउटा सिफारिसका लागि दुई-तीन दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भई नागरिकले ‘गाउँमै सरकार’ को अनुभूति त गरेका छन्। तर सेवाको गुणस्तर, पूर्ण अधिकार र आर्थिक अवसर नपाउँदा उनीहरूको अपेक्षा अझै अधुरै छ। चार नगरपालिका […]
जेन-जी आन्दोलनमा अरुले नै गोली चलाए, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए। तत्कालीन समयमा सरकार प्रमुखको रूपमा आफूले गोली नचलाउन निर्देशन दिँदादिँदै पनि योजनाबद्ध रूपमा हत्याकाण्ड मच्चाएर काँक्रो आफूले खाने र बियाँ अरुको मुखमा टाँस्ने षड्यन्त्र भएको उनले जिकिर छ। शनिबार पार्टी केन्द्रीय […]
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप आइपुग्यो
जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ । पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित […]
आइभिएफ र सरोगेसीलाई कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि (एआरटी) तथा सरोगेसीसम्बन्धी विषयलाई स्पष्ट र प्रभावकारी रूपमा नियमन गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएकी छिन्। राष्ट्रिय सभाको बैठकमा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणका सम्बन्धमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथि जवाफ दिँदै उनले निःसन्तान व्यवस्थापन, अन्तर्गर्भाशयी शुक्रकिट प्रविष्टि (आइयुआई), इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ) तथा सहायक प्रजनन […]
पाकिस्तानका राजदूतसँग कृषि, वन तथा पर्यावरण मन्त्रीको शिष्टाचार भेटवार्ता
माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन Mountain विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनर्निर्माण लगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यवहारिक बनाउने विषयमा छलफल भएको थियो। राजदूत खानले हालैका विपद्का […]