मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । यादवले बिहान ८: ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको […]

एनपिएलमा आज सन्दीपको विराटनगर र रोहितको लुम्बिनी भिड्दै

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने […]

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको […]

जेनजी आन्दोलनमा सुरक्षा त्रुटि , डिएसपी कुँवरलाई कारबाही सिफारिस

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आफ्नो हतियार र सुरक्षा प्रदान गर्ने कार्यालय जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरी बल मुख्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग र आसपास क्षेत्रको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी सुरक्षा बेसका कमान्डर डिएसपी कुँवरलाई कारबाहीका […]

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : अझै ५ करोड मानिस दासत्वमा

विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो। संयुक्त राष्ट्र संघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा संकल्प प्रस्ताव पारित गरेको दिनको […]

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ। पहिलो खेल बिहान ११ः४५ बजे हुने छ भने जनकपुर बोल्ट्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्। जनकपुर लगातार चार खेलमा पराजित भएकाे छ। यता चितवनले भने चार खेलमा दुई जित निकालिसकेको छ र आजको खेल जितेर प्लेअफमा स्थान बनाउने सम्भावना अझ […]

आज देशभरकाे माैसम सफा रहने

 आज देशकाे माैसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल कोसी, मधेस र वागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु […]

बाढीबाट आक्रान्त श्रीलंकालाई नेपालको दुई लाख डलर सहयोग

नेपाल सरकारले श्रीलंकामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौं जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो। द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारलेश्रीलंकासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ। नेपाल सरकारले दिवंगतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना […]

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनको कार्यतालिका मुख्य एजेन्डा

लामो रस्साकस्सी र पटक–पटकको स्थगनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो २ बजे बस्ने उक्त बैठकले पार्टीको आगामी १५औँ महाधिवेशनको टुंगो लगाउने अपेक्षा गरिएको छ। यसअघि आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा सोमबारका लागि सारिएको थियो। गत असोज २८ गतेदेखि […]

गीता जयन्ती पर्व मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ। वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो। पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर […]