कैलाशकूट सामाजिक अभियानद्वारा स्वस्थ जीवनशैलीबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

 । कैलाशकूट सामाजिक अभियानले स्वस्थ जीवन कसरी व्यतित गर्ने भन्ने विषयमा केन्द्रित रहेर एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूले स्वस्थ जीवनशैलीका विविध पक्षहरूमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी विशेषज्ञ डाक्टरहरूले स्वस्थ जीवनका लागि नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राको महत्त्वलाई विशेष रुपमा जोड दिएका थिए । उनीहरूले […]

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य वृद्धिमा देखिएको मन्दताका कारण जर्मनीको मुद्रास्फीति दर डिसेम्बरमा घटेर १.८ प्रतिशतमा पुगेको छ । यससँगै गत वर्ष पहिलो पटक मुद्रास्फीति २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्यांकले देखाएको छ। जर्मनीको संघीय तथ्यांक कार्यालय (डेस्टाटिस) का अनुसार सन् २०२५ को समग्र वार्षिक मुद्रास्फीति २.२ प्रतिशत रहेको छ, जुन सन् […]

नेपालको संविधान उत्कृष्ट छ, संरक्षण गराैँ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले साे कुरा बताएका हुन् । यादवले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए […]

कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने

। नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। गगनकुमार थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने संकल्प गरेको प्रवक्ता देवराज चालिसेले बताए। उनले पार्टी एकताबद्ध भएर चुनावमा होमिने पनि बताए। जेन-जीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न पार्टी केन्द्रित हुने उनको भनाइ छ। कांग्रेसको […]

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

 । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ,’ […]

गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका ६ निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकका ६ निर्णय सार्वजनिक गरेको छ । शनिबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकका ६ निर्णय सार्वजनिक गरिएका हुन् । बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको छ। काँग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि […]

उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

काठमाडौं -आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो २ बजेका लागि तय गरिएको बैठक केही बेरअघि सुरु भएको हो। निर्वाचन आयोगको कार्यतालिका अनुसार यही माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन […]

कोइराला बिरासतबाट उम्किएको कांग्रेसः बाबुहरूले विचार हाँक गरे, छोराहरू लम्पसार परे

काठमाडौं– नेपाली कांग्रेसको नेतृत्व कोइराला बिरासतबाट उम्किएको छ। निर्वाचत आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापालगायतलाई शुक्रबार साँझ आधिकारिकता प्रदान गरेपछि कोइराला बिरासतबाट उम्किएको हो। डा. शेखर कोइराला अन्तिम पटक सभापतिका निम्ति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा पराजित भए पनि बिरासतको लाज राख्न सक्ने पात्र थिए। विशेष महाधिवेशनमा उनले थापा र विश्वप्रकाश शर्माको आग्रह नमानी देउवा समूहमा […]

काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च सिंहको निधन, आज टेकुमा अन्त्येष्टि

काठमाडौँ-तत्कालीन काठमाडौँ नगर पञ्चायतका २०३० सालका प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको हिजो निधन भएको छ । पक्षाघात भएर लामो समयदेखि घरमै रहनुभएका सिंहको हृदयाघातका कारण निधन भएको हो । उहाँको पार्थिक सरीरलाई आज टेकुस्थित जम्बुदिपमा अन्तिम संस्कार गरियो । वि. सं. २००२ सा श्रावणमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (अहिलेको २२) बाट […]

मिलनसार आमा समूहको नयाँ कार्यसमिति चयन: कसले पाए कुन जिम्मेवारी?

पोखरा महानगरपालिका वडा नं. १४,  मिलनसार आमा समूहको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सृजना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष […]