इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

इलामको देउमाई नगरपालिका–१ कुखुरेमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहीबार बिहान करिब साढे १० बजे मेची राजमार्गमा तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ गइरहेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा बोलेरोमा […]

खगेन्द्र सुनारविरूद्ध मुद्दाकाे थुनछेक बहस सकियाे, आदेश आउन भने बाँकी

खगेन्द्र सुनारविरूद्धकाे मुद्दाकाे बिहीबार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बयान र थुनछेक बहस सकिएको छ। तर, आदेश आउन भने बाँकी रहेकाे अदालतले जनाएकाे हाे । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द अभिव्यक्ति दिएकाे आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पूर्जी जारी भएका सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र […]

सिन्धुली सडक पुनर्निर्माण गर्न जापानले नेपाललाई दुई अर्ब ३० करोड अनुदान दिने

नेपाल र जापानबिच ‘बाढीले क्षति पुर्‍याएको सिन्धुली सडकको आपतकालीन पुनर्निर्माण कार्यक्रम’का लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। जापानले नेपाललाई २.८ अर्ब जापानी येन ( करिब दुई अर्ब ३० करोड रुपैयाँ) अनुदान दिने भएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा अर्थसचिव डा. घनश्याम […]

कप्तान रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २३४ रनको लक्ष्य दिएको छ। बिहीबार दुबईमा नेपालका कप्तान रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३३ रन बनाएको हो। रोहितले १३० बलमा १०९ रन बनाए। जाहिद अलीको बलमा आउट हुनुअघि उनले पाँच चौका र दुई छक्का हिर्काएका थिए। ओपनर […]

घनश्याम भुसालको दाबी- माओवादी पनि विभाजित हुनसक्छ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरूलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् । पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौँतारिँदा खिइँदै गएको र अब पनि यो रूपमा नरहने दाबी गरे । ‘माओवादी आज जे छ त्यो रहन्न । यसको […]

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी दिएका हुन् । गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय […]

गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण : प्रधानमन्त्री सचिवालय

प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो । विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने उल्लेख […]

युएई विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

युएईविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेर ब्याटिङ गर्ने भएको छ। बिहीबार दुबईमा कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै युएइले सुरुमा बलिङ गर्ने भएको छ । आइसिसी पुरुष विश्वकप  लिग २ मा ८ टोली सहभागी हुँदा तालिकामा नेपाल र युएई पुछारमा छन्।

टेलिकमको विमानस्थलहरुमा नि:शुल्क वाईफाई

नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको जनाएको छ । टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको […]

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबित आज भेटवार्ता हुँदैछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरुबिच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा बैठक हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपति सी एपेक शिखर सम्मेलनको लागि दक्षिण कोरिया पुगेको केही समयपछि र ट्रम्प उसिया भ्रमण सकाएर उड्नुभन्दा ठीक अघि दक्षिण कोरियाली […]