पाँचथरमा १२ बजेदेखि मतगणना सुरु हुने

पाँचथर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कुमार मास्केले मतगणनाका लागि आवश्यक सबै तयारी पुरा भएको र केही बेरमा गणना सुरु गरिने जानकारी दिए । यसअघि बसेको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाटै मतगणना सुरु गर्ने सहमति गरेको भए पनि व्यवस्थापकीय तयारी र मतपेटिका […]
कर्णालीमा निर्वाचन: कालिकोट र जुम्लामा गणना सुरु, अन्य क्षेत्रमा केके हुँदैछ ?

१० जिल्ला रहेको कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोट बाहेक अन्य क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणना अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार, शाहीले २८६५ मत पाएका छन् भने कांग्रेसका हर्ष बहादुर बमले २०८९ र एमालेका नगिन्द्र शाहीले १८९५, माओवादीका […]
रास्वपा ३६ निर्वाचन क्षेत्रमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

देशैभरी जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। हालसम्मको विवरण अनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको हाे। नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ। नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको हाे। त्यस्तै, नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ। अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम विजेता घोषणा […]
रुकुमपूर्वमा प्रचण्डको सुरुवाती अग्रता
नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो। धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो। मतगणना स्थलमा तारजाली लगाएर सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताइन्। प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ। […]
चितवन–१ मा मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पछि भवानी शंकर क्याम्पस खैरहनीमा मतगण स्थल कायम गरिएको थियो । बिहीबार राति अबेरसम्म मतपेटीका सङ्कलन गरे पश्चात बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको थियो । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।
उदयपुर-१ मा मतगणना जारी
। उदयपुर-१ को त्रियुगा मावि गाईघाटमा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृत मुकेस उपाध्ययले मतपेटिका ढुवानी लगायतका काम बिहीबार राति १२ बजेसम्म सकिएको बताउनुभएकाे हाे । सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना शुरू गरिएको बताउनुभयाे। उदयपुर-१ मा एकलाख ४२ हजार ८ सय ४ कुल मतदाता मध्ये ८० हजार ५९ मत खसेको छ […]
चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, एमाले पछिपछि
भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता लिनुभएकाे छ। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्नुभएकाे हाे । उहाँलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहनुभएकाे छ। घिमिरेले १ हजार ६९ मत प्राप्त गर्नुभएकाे हाे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का […]
२०४८ देखि ०८२ को निर्वाचनसम्म कति प्रतिशत खस्यो मत ?

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा अघिल्ला निर्वाचनको तुलनामा थोरै मत खसेको हो । भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि ताजा जनादेशका लागि यो निर्वाचन भएको थियो । आयोगका अनुसार केही ठाउँमा सामान्य छिटफुट घटना बाहेक देशभर […]
चुनावका वास्तविक आयोजक- नेपाली जनता
टोखा नगरपालिका-३ कि गीता पाठकले मतपत्र हातमा लिएपछि एकाएक सम्झिइन्– गत २३ भदौमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रदर्शन गर्न गएका विद्यार्थीहरूमाथि राज्यले गरेको दमन । उनको दिमागमा एकाएक घुम्यो २४ भदौमा भएको तोडफोड र आगजनीको घटना । यो निर्वाचन नियमित हुन्थ्यो भने पाँच-पाँच वर्षमा आउँथ्यो । नेताहरूले गरेका बाचा पूरा भए/नभएकोबारे रुजु हुन्थ्यो, नयाँ सपनाहरू […]
महाविर पुनले मत मागे, आफैँले खसालेनन् मत
पूर्व शिक्षामन्त्री तथा म्याग्दीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महाविर पुनले मत दिएनन् । एक महिनासम्म म्याग्दिका मतदातासँग मत मागेका उनले आफैले चाहिँ मत नदिएका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक समेत रहेका उनले केही समयअघि मात्रै मतदाता नामावलीमा नाम लेखाएका थिए । उनले हालसम्म मतदान नै गरेका छैनन्। मतदाता नामावली चितवनमा भएका कारण […]