आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि
आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन् । एमएस प्रोडक्सनद्वारा आइतबार अबेर राति ललितपुरमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा समेत रहेकी आइस्ताले उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन् । प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना […]
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल […]
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता
रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए। बेपत्ता […]
गगने खोलामा पहिरो : शनिबारदेखि माथिल्लो कर्णालीको यातायात ठप्प

कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा पहिरो गएपछि शनिबारदेखि सडक अवरुद्ध छ। सधैँजसो पहिरोले अवरुद्ध भइरहने गगने खोलामा पानी पर्ने बित्तिकै पहिरो जाने समस्या विगतदेखिनै हो। उक्त ठाउँको दीर्घकालीन समस्या नहुँदा सधैँ जसो बर्खायाममा पहिरोले समस्या पार्ने गरेको छ, गगने खोला क्षेत्रमा। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीका अनुसार, शनिबार ६ बजेतिर पहिरोले […]
राहत सामग्री बोकेको थाई एयर काठमाडौँमा अवतरण
नेपालमा गत भदाै १० गते चीनकाे तिब्बत हुँदै आएको विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गरेको छ। थाइल्यान्डबाट आएको उक्त विमानमा विपद्बाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री ल्याइएको जनाइएको छ। विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउँदै थाइल्यान्डले मानवीय […]
विश्वव्यापी चुनौतीबिच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि
दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्डभन्दा पनि बढी हो। दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस वर्षको […]
भीम अस्पतालमा पूर्वाधार र विशेषज्ञ जनशक्ति थप्ने प्रदेश सरकारको तयारी
दैनिक बिरामीको चर्को चाप खेपिरहेको भैरहवास्थित भीम अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालमा विस्तार गरिने भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले ५० शय्याको हालको क्षमताले बिरामीको चाप धान्न नसकेकाले भौतिक संरचना र जनशक्ति थपेर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, […]
नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने
तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाउन नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भइरहेको सडक मर्मतको समयलाई सदुपयोग गर्दै तुइन खोलाको जोखिमयुक्त माटो कटान गर्न स्थानीय प्रशासनले निश्चित समय तालिका तोकेर मात्र सवारी आवागमन सञ्चालन गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो व्यवस्थापन कार्यका […]
घाइतेलाई भेटेपछि मन्त्री श्रेष्ठले भने : उहाँहरूलाई मानसिक परामर्श आवश्यक छ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन्। आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन्। मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल […]
तादी खोलामा एक्रोब्रिज जडान तीव्र
नुवाकोटको विदुर नगरपालिका-५ देवीघाट र बेलकोटगढी नगरपालिका-८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो। नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ […]