परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक परिपक्वताको परिमापन पनि गर्छ । करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा र यसको नतिजा प्रमुख घटक हुने भएकाले मानव जीवनमा परीक्षाको महत्त्वलार्ई नकार्न सकिँदैन ।
परीक्षा भनेको ज्ञान मात्र नभई मनको तयारी र धैर्यको मूल्याङ्कन गर्ने आयाम हो । तर, प्रत्येक विद्यार्थीले परीक्षालाई एउटै रूपमा अनुभूत गरेको पाइँदैन । कसैलाई परीक्षा चुनौती जस्तो लाग्छ त कसैलाई डरलाग्दो घटनाजस्तो । मनोवैज्ञानिक रूपमा सबल विद्यार्थीका लागि भने परीक्षा एक सामान्य प्रक्रिया हो । आफ्नो योग्यता र क्षमता प्रस्तुत गर्ने एक अवसर हो । परीक्षार्थीको आत्मविश्वास बलियो भए परीक्षा स्वतः सरल र सहज हुन्छ ।
- विद्यार्थीका लागि परीक्षा कठिन विषय हो या सरल ?
यसको निर्धारण विद्यार्थीले गरेको अध्ययनको मात्राले भन्दा बढी मनको अवस्थाले गर्छ । मन कमजोर भयो भने धेरै पढेर पनि डर, चिन्ता र अस्थिरताका कारण नतिजा घट्छ । तर, मन बलियो भयो भने कठिन विषयवस्तु पनि सहज–बोध भई नतिजा सप्रिन्छ । हरेक विषयको परीक्षाको सफलताको मूल कुञ्जी ‘आत्मविश्वास’ हो । परीक्षाको परिभाषा र परिकल्पनालाई साकार पार्ने सहायक तत्त्वहरूमा स्वयम् विद्यार्थी, शिक्षक, पाठ्यपुस्तक, सन्दर्भसामग्री, पाठ्य–लेख्यसामग्रीहरूका साथै कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट, गुगल आदि प्राविधिक स्रोत–सामग्रीको भूमिकासम्बन्धी दृष्टिकोण आमरूपमा छर्लङ्ग छ । तर, परीक्षाको नतिजालाई प्रभाव पार्ने अदृश्य पक्षहरूको पनि सावधानीपूर्वक कार्य–अनुशीलन भएन भने अध्ययनदेखि सफलतासम्मको यात्रा अधुरो हुन जान्छ । तसर्थ, आत्मविश्वास, सकारात्मक सोच, परीक्षाबारे परिपक्व दृष्टिकोण, योजनाबद्ध तयारी एवम् निरन्तर अभ्यासको सन्तुलित उपयोग अत्यावश्यक छ । यिनको विश्लेषण यहाँ प्रस्तुत गरिएको छः
सारांश
- परीक्षा विद्यार्थी जीवनको एक महत्त्वपूर्ण पाटो हो, जसले ज्ञान, धैर्य, र मानसिक परिपक्वताको परीक्षण गर्छ।
- सकारात्मक सोच, आत्मविश्वास, योजनाबद्ध तयारी र नियमित अभ्यास परीक्षामा सफलताका लागि आवश्यक छ।
- परीक्षालाई डरको रूपमा नहेरी अवसरको रूपमा लिनुपर्छ, जसले विद्यार्थीलाई मानसिक रूपमा बलियो बनाउँछ।
परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक परिपक्वताको परिमापन पनि गर्छ । करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा र यसको नतिजा प्रमुख घटक हुने भएकाले मानव जीवनमा परीक्षाको महत्त्वलार्ई नकार्न सकिँदैन ।
परीक्षा भनेको ज्ञान मात्र नभई मनको तयारी र धैर्यको मूल्याङ्कन गर्ने आयाम हो । तर, प्रत्येक विद्यार्थीले परीक्षालाई एउटै रूपमा अनुभूत गरेको पाइँदैन । कसैलाई परीक्षा चुनौती जस्तो लाग्छ त कसैलाई डरलाग्दो घटनाजस्तो । मनोवैज्ञानिक रूपमा सबल विद्यार्थीका लागि भने परीक्षा एक सामान्य प्रक्रिया हो । आफ्नो योग्यता र क्षमता प्रस्तुत गर्ने एक अवसर हो । परीक्षार्थीको आत्मविश्वास बलियो भए परीक्षा स्वतः सरल र सहज हुन्छ ।
- विद्यार्थीका लागि परीक्षा कठिन विषय हो या सरल ?
यसको निर्धारण विद्यार्थीले गरेको अध्ययनको मात्राले भन्दा बढी मनको अवस्थाले गर्छ । मन कमजोर भयो भने धेरै पढेर पनि डर, चिन्ता र अस्थिरताका कारण नतिजा घट्छ । तर, मन बलियो भयो भने कठिन विषयवस्तु पनि सहज–बोध भई नतिजा सप्रिन्छ । हरेक विषयको परीक्षाको सफलताको मूल कुञ्जी ‘आत्मविश्वास’ हो ।
परीक्षाको परिभाषा र परिकल्पनालाई साकार पार्ने सहायक तत्त्वहरूमा स्वयम् विद्यार्थी, शिक्षक, पाठ्यपुस्तक, सन्दर्भसामग्री, पाठ्य–लेख्यसामग्रीहरूका साथै कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट, गुगल आदि प्राविधिक स्रोत–सामग्रीको भूमिकासम्बन्धी दृष्टिकोण आमरूपमा छर्लङ्ग छ । तर, परीक्षाको नतिजालाई प्रभाव पार्ने अदृश्य पक्षहरूको पनि सावधानीपूर्वक कार्य–अनुशीलन भएन भने अध्ययनदेखि सफलतासम्मको यात्रा अधुरो हुन जान्छ । तसर्थ, आत्मविश्वास, सकारात्मक सोच, परीक्षाबारे परिपक्व दृष्टिकोण, योजनाबद्ध तयारी एवम् निरन्तर अभ्यासको सन्तुलित उपयोग अत्यावश्यक छ । यिनको विश्लेषण यहाँ प्रस्तुत गरिएको छः