पोखरा,६ पुष मंसीर २०८१।महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ।
महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान ४ बजे लुटेराहरूको एक समूहले पूर्व गाविस सचिव ७० वर्षीय सुशील झाको लुटपाटपछि हत्या गरिएको हो।
७ – ८ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले पूर्व गाविस सचिव झाको हत्र्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीलको हत्या गरे पश्चात उक्त डाँका समूहले घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रु ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए। झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ।
अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दै छ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ। रासस