नेपाली प्रतिनिधि मण्डलद्वारा सियोल अपसाइक्लिङ प्लाजाको अध्ययन सम्पन्न, हरित पोखराका लागि नयाँ ऊर्जा

सेयर गर्नुहोस

मेयर धनराज आचार्यको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलले सियोल अपसाइक्लिङ प्लाजा (Seoul Upcycling Plaza – SUP) को अध्ययन भ्रमण सम्पन्न गरेको छ। यो विश्वकै सबैभन्दा ठूलो अपसाइक्लिङ केन्द्र हो, जसले सफा र हरित सहर निर्माणमा विशेष योगदान पुर्‍याउँदै आएको छ।

सियोल अपसाइक्लिङ प्लाजाका मुख्य विशेषताहरू:

  • मेटेरियल बैंक: अपसाइक्लिङ सामग्री संकलन र वितरणका लागि प्रभावकारी प्रणाली।
  • ड्रिम फ्याक्ट्री (Fab Lab): सिर्जना, मर्मत, र तालिमका लागि उत्कृष्ट स्थान।
  • SUPer MARKET र SUP Playground: अपसाइक्लिङ गरिएका उत्पादनको प्रदर्शन र बिक्री गर्ने स्थान।
  • शैक्षिक कार्यक्रम: सामुदायिक सहभागिता र व्यवसाय प्रवर्द्धनका लागि विशेष तालिम।
  • प्रविधिको कुशल प्रयोग: कम जनशक्तिबाट उत्कृष्ट परिणाम हासिल।

रिसाइक्लिङ र अपसाइक्लिङको महत्त्व:
रिसाइक्लिङ फालिएका सामग्रीलाई प्रशोधन गरेर नयाँ वस्तु बनाउने प्रक्रिया हो, भने अपसाइक्लिङले फालिएका सामग्रीलाई सृजनात्मक रूपान्तरण गरी उपयोगी र सौन्दर्यपूर्ण वस्तुमा परिणत गर्छ।

पोखरामा प्रयोगको योजना:
यस भ्रमणबाट प्राप्त ज्ञानले पोखराको “हरित पोखरा, स्वच्छ पोखरा” अभियानलाई ऊर्जा दिनेछ। नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा निर्माणाधीन ग्रीन भेञ्चर जोनलाई सियोल अपसाइक्लिङ प्लाजाको नेपाल संस्करणका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको छ।

मेयर धनराज आचार्यले सियोल महानगर र SUP को टोलीलाई संस्थाको उद्देश्य, कार्यक्षेत्र, र चुनौतीबारे विस्तृत जानकारी गराएकोमा धन्यवाद व्यक्त गर्दै, दिगो विकास र अपसाइक्लिङ संस्कृतिको प्रवर्द्धनमा नेपाली प्रयासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।


सेयर गर्नुहोस
Shares