सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्पमा स्वदेशी सामग्रीलाई प्राथमिकता
सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोग बढाउने नीति अघि सारेको छ। मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पका रूपमा स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भए स्वदेशी सिमेन्टबाट निर्माण हुने कङ्क्रिट […]
ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ भन्दै दरबारमार्गमा युवाको प्रदर्शन
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नीतिको विरोध गर्दै ऋणमुक्ति, जलवायु न्याय र न्यायपूर्ण वित्तको मागसहित शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘यो संसार हाम्रै हो’ भन्ने नारासहित आयोजित प्रदर्शनमा सहभागीहरूले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने विद्यमान आर्थिक प्रणालीको विरोध गरेका थिए। उनीहरूले जनताको अधिकार, भविष्य र समृद्धि […]
बुर्किना फासोमा सौन्दर्य प्रतियोगितामाथि रोक, अब युवतीका लागि नयाँ प्रतिस्पर्धा
पश्चिम अफ्रिकी देश बुर्किना फासोले देशभरका सबै सौन्दर्य प्रतियोगिता स्थगित गर्दै युवतीका लागि राष्ट्रिय विज्ञान प्रतियोगिता सुरु गरेको छ। सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाको संरक्षण गर्ने भन्दै जुन ८ मा सौन्दर्य प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। नयाँ नियम नबन्दासम्म राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा कुनै पनि सौन्दर्य प्रतियोगिता आयोजना गर्न […]
राष्ट्रपतिबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रमाणीकरण
रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिका कार्यलयले जनाएको छ।
पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो देशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना […]