मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी एलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन्। उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन्। सामाजिक सञ्जाल एक्समा […]
रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशङ्कित
युरोपेली सङ्घ (ईयू)का अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताउनुभएको छ । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध […]
सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण

म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरूमा क्षति पुगेको थियो । मुख्य पोखरी र परिसरमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदान अभियानमार्फत पन्छाएर पुनःनिर्माण गरिएको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन […]
सरु र रेनुका सम्मिलित पारो एफसी बन्यो भुटानको लिग च्याम्पियन
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित पारो महिला फुटबल क्लब भुटानको महिला राष्ट्रिय लिगको च्याम्पियन भएको छ। पारोले चार वर्षपछि लिगको उपाधि जितेको हो। चाम्लिमिथाङमा मंगलबार लिगको अन्तिम खेलमा थिम्पु सिटी एफसीले रोयल थिम्पु कलेज (आरटिसी) एफसीलाई ३–१ ले हराएपछि पारोले उपाधि पक्का गर्यो। अन्तिम खेलमा आरटिसी पराजित भएपछि […]
मोदी सरकारका मन्त्रीले एकसाथ मन्त्री र सांसद पदबाट दिए राजीनामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले तमिलनाडुमा भारतीय जनता पार्टी (भाजपा) लाई बलियो बनाउन र सन् २०२९ को लोकसभा चुनावको तयारीमा जुट्न यस्तो निर्णय लिएको बताएका छन्। सूचना तथा प्रसारण र संसदीय मामिला मन्त्रालयमा राज्यमन्त्री रहेका मुरुगनले मंगलबार प्रधानमन्त्री मोदीलाई पत्र […]
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्। बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय […]
प्रहरीको नजर खगेन्द्रमाथि !
स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसबारे आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढाएको छ। अर्कोतर्फ, पार्टीले पनि अनुशासन आयोगमार्फत छानबिन सुरु गर्दै सांसद सुनारलाई औपचारिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाइसकेको छ। सांसद सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गालीगलौज, धाकधम्की तथा […]
‘हिजो जनयुद्धको नेतृत्व गरेको टिम असक्षम भइसक्यो,म पनि अरु पनि’
नेपाली कम्युनिस्ट पार्टीका नेता (माओवादी आन्दोलन) जनार्दन शर्माले माओवादी आन्दोलनका एजेन्डा अझै बाँकी रहेकाले नयाँ पुस्ताले यसको पुनर्गठन र पुनर्जागरण गर्नुपर्ने बताएका छन्। मंगलबार आयोजित कार्यक्रममा बोल्दै शर्माले माओवादी आन्दोलनले अपेक्षित दिशा लिन नसक्दा देशमा प्रतिक्रान्ति भएको टिप्पणी गरे। उनले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियता गम्भीर चुनौतीमा परेको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ […]
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुवै अध्यादेश जारी गरेका हुन्।
दोधारा–चादँनी झोलुंगे पुल बनाउन २० करोड लाग्ने
कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुंगे पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ। काठमाडौंबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ। उपमहानिर्देक […]