बेनी–जोमसोम सडक खुल्यो

बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् । उनका अनुसार […]

बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले गोरखाको बूढीगण्डकी नदीमा आएको मुख्य बाढी पास भइसकेको र तल्लो तटीय क्षेत्रमा बस्ती डुबाउने गरी ठूलो बाढी आउने सम्भावना तत्काललाई नदेखिएको बताएका छन्। उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ। बूढीगण्डकी नदीको बहाव आरुघाटमा करिब सात […]

मेरिटोक्रेसीका नाममा विवादास्पद व्यक्तिलाई इन्जिनियरिङ परिषदमा नियुक्ति

जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिका बिच सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको अपार विश्वास प्राप्त गरे पनि सोही पार्टीको नेतृत्वमा रहेको सरकारले त्यस अनुसार भरोसा कायम राख्न सकेको छैन । भ्रष्टाचार र बेथितिविरुद्ध युवाले गत वर्ष भदौमा जेनजी आन्दोलन गरेका थिए । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जनताले पुराना राजनीतिक दललाई पाखा लगाउँदै राष्ट्रिय […]

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयको एचईओसी सक्रिय

तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको बताएकी छन्। स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै केन्द्र सक्रिय गरिएको उनले बताएकी हुन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न उनले आग्रह गरेकी छन्। विपद्का बेला […]

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना, यस्ता उम्मेदवारले प्रतिनिधि राख्न नपाउने

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको मतगणना जारी छ। उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरु हुने भएको छ। त्यस्तै, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र […]

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र […]

बुढीगण्डकीमा बाढीको वितण्डा : सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति, अवस्था नाजुक

गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीपहिरोले चार–पाँच वटा बस्ती प्रभावित भएका छन्। आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित आएको बाढीका कारण यस क्षेत्रमा ठूलो क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुले जानकारी दिइन्। उनका अनुसार अहिले यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै खोला वारपार गर्ने पुलहरू बगाएको छ भने नदी किनारका बस्तीमा क्षति पुगेको छ। गुरुङका […]

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन्। घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री को आह्वान गरी पूजाआराधना गरिन्छ। शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन्। गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ। सत्ययुगमा आदिशक्ति सतीदेवीले पर्वतराज हिमालय (शैल) की […]

दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]