फ्लाई दुबईको पहिलो व्यावसायिक उडान पोखरामा अवतरण: स्वर्गीय रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गर्दै मेयर आचार्यद्वारा स्वागत

पोखरा।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले पहिलो पटक सिधा व्यावसायिक उडान सुरु गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ जना यात्रु बोकेर उडेको फ्लाई दुबईको विमान बुधबार साँझ ६ बजेर १९ मिनेटमा पोखरा विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो। उक्त विमानमार्फत वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरू, विभिन्न देशबाट दुबईलाई ट्रान्जिट बनाएर आएका यात्रु तथा पोखरा भ्रमणमा आएका विदेशी पर्यटकहरू […]