देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। ‘म निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा […]
संविधान दिवस: शीतलनिवासमा विशेष समारोह, प्रधानमन्त्री पनि उपस्थित
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार राष्ट्रपति निवासमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रपतिको कार्यक्रमअघि आजै सरकारको तर्फबाट काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवसको मूल समारोह आयोजना गरिएको थियो। टुँडिखेलको औपचारिक कार्यक्रम सम्पन्न भएपछि शीतलनिवासमा विशेष […]
संविधानको एक दशकः गाउँमा ‘सिंहदरबार’ पुग्यो, तर अडिएनन् युवा र जनसङ्ख्या
लमजुङमा संविधान कार्यान्वयन र सङ्घीयतापछि सरकारी सेवा नागरिकको घरदैलोमै पुगे पनि रोजगारी र सुशासनको अभावमा बसाइँसराइ रोकिन सकेको छैन। विगतमा एउटा सिफारिसका लागि दुई-तीन दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भई नागरिकले ‘गाउँमै सरकार’ को अनुभूति त गरेका छन्। तर सेवाको गुणस्तर, पूर्ण अधिकार र आर्थिक अवसर नपाउँदा उनीहरूको अपेक्षा अझै अधुरै छ। चार नगरपालिका […]
जेन-जी आन्दोलनमा अरुले नै गोली चलाए, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए। तत्कालीन समयमा सरकार प्रमुखको रूपमा आफूले गोली नचलाउन निर्देशन दिँदादिँदै पनि योजनाबद्ध रूपमा हत्याकाण्ड मच्चाएर काँक्रो आफूले खाने र बियाँ अरुको मुखमा टाँस्ने षड्यन्त्र भएको उनले जिकिर छ। शनिबार पार्टी केन्द्रीय […]