अस्पताल भवन बन्यो, सुरु भएन सेवा
संघीय सरकारले आर्थिक वर्ष २०७७/७८ मा भूगोल र जनसंख्याका आधारमा अस्पताल नभएका स्थानीय तहमा ५, १० र १५ शड्ढयासम्मका आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो। यो घोषणाको पाँच वर्ष बितिसक्दा अस्पतालका संरचना बने, तर जनशक्ति र उपकरण नहुँदा अस्पतालबाट आधारभूत सेवा भने ठप्प छ। दैलेखको आठबिस नगरपालिका- ४ राकम कर्णालीमा आधारभूत अस्पताल आवश्यक जनशक्ति, उपकरण […]
ऐतिहासिक र धार्मिक ‘शेरा खेत’मा रोपाइँ
जुम्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा परम्परागत रूपमा जुम्ली कालीमार्सी धान रोपाइँ गरिएको छ। धार्मिक आस्था, ऐतिहासिक विरासत, कृषि सभ्यता र जुम्ली पहिचानसँग गाँसिएको उक्त शेरा जिउलोमा हरेक वर्ष जेठ १४ गते मार्सी धान रोप्ने परम्परा रहिआएको छ। परम्परागत रूपमा रोपिँदै आएको जुम्ली कालीमार्सी धानलाई चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर जुम्लामा खेती सुरु […]
रास्वपा कार्यकर्ताबीच जिल्लादेखि पालिकास्तरसम्म कुटाकुट
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा अहिले सांसद र संस्थापन पक्षबीच चरम गुटबन्दी देखिएको छ। चरम गुटबन्दीका कारण जिल्लादेखि पालिकास्तरसम्मका भेलामा सांसद पक्ष र संस्थापन पक्षका कार्यकर्ताबीच कुटाकुट भएका घटना सार्वजनिक भइरहेका छन्। आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने र बन्ने विषयलाई लिएर संस्थापन पक्षले आफूअनुकूल समिति चयन गर्न खोजेको छ भने सांसदहरूले […]
शान्ति सुरक्षा विगतभन्दा थप सुदृढ बनाउने डिएसपी जोशीको प्रतिबद्धता
ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशीले शान्ति सुरक्षा सम्झौताहीन विषय भएको बताउँदै जिल्लाको शान्ति सुरक्षाको अवस्था विगतभन्दा कमजोर हुन नदिई थप अभिवृद्धितर्फ केन्द्रित गर्ने बताएका छन्। यहाँका नयाँ प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि बिहीबार ताप्लेजुङका सञ्चारकर्मीसँग आयोजित परिचयात्मक कार्यक्रममा डिएसपी जोशीले जिल्लाका सवालबारे प्रारम्भिक जानकारी लिई ‘एक्सन’ समेत सुरु गरिसकेको बताए। जोशीले आवश्यकता भन्दा बढी गति […]