बुटवलमा सुशासन र युवाका एजेन्डा बोक्ने उम्मेदवारको खोजी
निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर २ का युवाहरूले बुटवलमा भेला गर्दै सुशासन र युवाहरूको एजेन्डा बोक्ने उम्मेदवार आवश्यक पर्ने कुराको माग गरेका छन् । विभिन्न पेसा, व्यवसायमा आबद्ध करिब २ सय युवाहरूको आज शंकरनगरको बनवाटिकामा भएको भेलामा सहभागीहरूले युवाहरूको मत खेर नजाने तथा युवाका एजेन्डाका साथै मुलुकमा सुशासन कायम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताएका […]
आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको […]
जेनजी युवाहरूको माग राप्रपाले मात्रै पुरा गर्न सक्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पुरा गर्ने पार्टी राप्रपा मात्रै भएको बताएका छन् । शनिबार राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पुरा गर्न सक्ने बताएका हुन् । भ्रष्ट […]
मुलुकमा ठूलो फेरबदल जरुरी छ : नेता जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए । जबराले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त […]
पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले समृद्ध पाकिस्तान निर्माणका लागि युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शनिबार उनले सो आह्वान गरेका हुन् । पाकिस्तानको भविष्य युवाहरूसँग जोडिएको उल्लेख गर्दै उनले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका नाताले पाकिस्तानले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । […]
यो पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएँ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौँमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौँ–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा […]
महावीर पुनलाई उज्यालो पार्टी नेपालको समर्थन
काठमाडौँ- म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने निर्णय गरेको छ। पार्टीले औपचारिक रूपमा उनको उम्मेदवारीको पक्षमा उभिने जनाएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही अन्य राजनीतिक दलहरूले पनि पुनको उम्मेदवारीलाई समर्थन जनाउँदै आफ्ना उम्मेदवारहरू चुनावी प्रक्रियाबाट अलग गरिसकेका छन्। उज्यालो पार्टी नेपालका प्रवक्ता […]
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैङ्कले कर्जा प्रवाह गरिरहेको […]
दीपेन्द्र अग्रवालसहित २१ सय जना एमालेमा प्रवेश
काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, […]
राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको ओलीको दाबी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको दाबी गरेका छन्। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । अध्यक्ष ओलीले देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश […]