प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबिच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन्। भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको बताइएको छ। दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेकाे प्रधानमन्त्रीको सचिवालयले […]
समानुपातिक उम्मेदवारको बन्दसूची आयाेगमा ९ राजनीतिक दलले बुझाए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो । साेमबार साँझसम्म ९ वटा राजनितिक दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । तर अझै पनि शीर्ष दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छैनन् ।आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन […]
पर्यटन क्षेत्रलाई उद्योग भनेका छौं, तर सुविधा दिएका छैनौं: मन्त्री सिन्हा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ। सिंहदरबारमा सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानूनले नदिएको उल्लेख गर्नुभयो । यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँकाे जोड […]
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी गरिरहेको अवस्थामा मोरङ प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको छ। आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट खटिएको संयुक्त टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको […]
विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति […]
रास्वपा–बालेन शाहबीचको वृहत् एकता सहमति केन्द्रीय समितिबाट अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकता सहमति रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ। रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार राति बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिको अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने सहमतिको कार्यान्वयनबाट […]