दलितमाथि कुटपिट र आगजनी गर्नेलाई कडा कारबाही गर्न दलित आयोगकाे निर्देशन

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नं. २ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानको घरमा आगजनी र कुटपिट भएको घटनामा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ।आयोगका अध्यक्ष देवराज विश्वकर्माको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाको विस्तृत […]
देउवाले सञ्चारमन्त्री खरेललाई भने- सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण तत्काल बनाउन सरकारलाई सुझाव दिएका छन्। बिहीबार बिहान आफ्नै निवासमा पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै निर्वाचनको विश्वसनीय वातावरण बनाउन आग्रह गरेका हुन्। मन्त्री खरेलले आजै प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम अनुसार पहिलो भेट देउवासँग गरेका हुन्। […]
माओ त्सेतुङको जन्म भएको आजको दिन

आजकै दिन सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तस्थित शाओशान गाउँमा माओ त्सेतुङको जन्म भएको थियो। माओ २०औँ शताब्दीका सबैभन्दा प्रभावशाली राजनीतिक नेतामध्ये एक मानिन्छन्। उनले चिनियाँ कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्दै १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गराएका थिए। माओ १९३५ देखि १९७६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुका साथै सन् १९४९ देखि १९५९ […]
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका […]
२० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैर हाजिरी रहेका २० जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। उनीहरूलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी […]