यू-१९ नेपाली टोली स्वदेश फिर्ता

एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली मंगलबार राति स्वदेश फर्किएको हो। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वागत गरेको थियो। एसीसी पुरुष यू-१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक […]

आजबाट प्रथम सडक खाना महोत्सव

वालिङ नगरपालिकाले पहिलोपटक आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव–२०८२ आजदेखि सुरु हुँदैछ । “हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि, हाम्रो चाहना” भन्ने नारासहित १९ गतेसम्म चल्ने महोत्सवका सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । सोह्र जातजातिका स्वाद एकै ठाउँ महोत्सवको मूल आकर्षण वालिङमा बसोबास गर्ने १६ समुदायका मौलिक परिकार रहेको छ । […]

मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । यादवले बिहान ८: ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको […]

एनपिएलमा आज सन्दीपको विराटनगर र रोहितको लुम्बिनी भिड्दै

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने […]

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको […]