सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो। निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अमेरिकी सेनाका उच्च अधिकारी युक्रेनमा

अमेरिकी सेनाका उच्च अधिकारी युक्रेन भ्रमणमा पुगेका छन् । रुस–युक्रेन युद्ध अन्त्यको उपायबारे छलफल गर्न पेन्टागनका उच्च अधिकारी किभ पुगेका हुन् । अमेरिकी सेनाका सचिव डान ड्रिस्कोलले नेतृत्व गरेको टोलीले आज युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ । जेलेन्स्की आफ्नो टर्की भ्रमण सकाएर आजै युक्रेन फर्कदैछन् । युद्ध अन्त्यका लागि अमेरिका र रुसले […]
सशस्त्रको दंगा नियन्त्रण गण स्थापनाका लागि स्वीकृति

उपत्यकामा भिड तथा दंगा नियन्त्रणलाई लक्षित गरी सशस्त्र प्रहरी बलले विशिष्टीकृत गण स्थापना गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव स्वीकृत गरेको हो । हाल कीर्तिपुरमा एसपीको नेतृत्वमा रहेको नीलबाराही गणलाई स्तरोन्नति गरी एसएसपीको नेतृत्वमा दंगा नियन्त्रण गण बन्नेछ । सो गणमा प्रहरीलाई भिड नियन्त्रणसम्बन्धी विशेष तालिम दिने र सोही […]