“भ्रष्टाचार गरे मेरै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु, सहिद परिवार अलपत्र पार्दिनँ” : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बुधबार सम्पन्न त्रिपक्षीय संवादको समापनका क्रममा भ्रष्टाचारविरुद्ध अडिग प्रतिबद्धता व्यक्त गर्दै आफ्नै परिवारमाथि पनि कानुनी कारबाही गर्न पछि नहट्ने दृढता देखाएकी छिन्। प्रधानमन्त्री कार्कीले भनिन्, “भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु।” उनले थपिन्, “हामी डराउँदैनौँ, भनेको कुरा पुर्‍याउँछौँ।” मन्त्री अनिलकुमार सिन्हालाई अनुरोध गरेर सुशासनको अभियानमा साथ ल्याएको […]

राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख पाण्डेको रिट निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत […]

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल आज बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएकाे थियाे । यसअघि शृङ्खलाको […]

काठमाडौंबाट धनगढी जाँदै गरेकाे बस कपिलवस्तुमा दुर्घटना : एकको मृत्यु, ५ जना घाइते

काठमाडाैंबाट धनगढीतर्फ जाँदै गरेकाे बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । बिहीबार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सोही क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर […]

बाँकेको नौबस्ता कारागारबाट फरार कैदीबन्दी बर्दियामा पक्राउ

बाँकेको नौबस्ता कारागारबाट भागेको कैदीबन्दीलाई बर्दियामा पक्राउ गरिएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २५ गते नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपालिका’५ का  २३ वर्षीय राम चरण चौधरीलाई बुधबार पक्राउ गरिएको हो । चौधरीले  बलात्कार मुद्दामा कैद सजाय पाएका थिए । जेनजी आन्दोलन हुँदा भदौ २५ गते कारागारबाट चौधरी भागेका थिए । कारागारबाट भागेको करिब दुई […]

सडकबाट झन्डै ३०० मिटर तल खस्यो जिप

रोल्पामा गएराति भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्। गएराति  पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। भित्री सडकखण्ड हुँदै किलाचौरबाट सुलिचौर तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक सुनछहरी गाउँपालिका –६ का ३२ बर्षीय […]

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती […]