कञ्चनपुरका सीमावर्ती नाकामा हेल्प डेस्क स्थापना

कञ्चनपुरका विभिन्न सीमावर्ती नाकाहरूमा हेल्प डेस्क स्थापना गरिएका छन्। दसैँ, तिहार, छठलाई लक्षित गरी सीमावर्ती नाकाहरू सर्वसाधारणको सहजताका लागि हेल्प डेस्क स्थापना गरिएका हो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गृह मन्त्रालयको परिपत्रअनुरूप जिल्लाका सीमा नाका, बजारदेखि ग्रामीण क्षेत्रका नागरिकका लागि सहायता कक्ष स्थापना गरिएको बताए। सुरक्षा निकाय, प्रशासनसहित सरोकारवाला निकायको उपस्थितिमा हेल्प डेस्क स्थापना गरिएका […]

सुधार गृहबाट भागेका ५० किशोर अझै भेटिएनन्

पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार छन्। गत भदौ २४ गते रातको समयमा बाल सुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन्। पर्साको बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिए। ‘भदौ २४ गते राति बाल सुधारगृहबाट […]

कैलालीका डा.जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन सरकारसँग मृतकका परिवारकाे माग (पत्रसहित)

गत भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन् । मृतकहरूका परिवारले आइतबार प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई मागपत्र बुझाएका हुन् । मृतकका परिवारले कैलालीको लम्किचुहा नगरपालिका-६, चैनपुरका २७ वर्षीय डा. जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरेका छन् । मन्त्रिपरिषद […]

अख्तियारमा सबैभन्दा धेरै उजुरी पोखरा र काठमाडौं महानगरसम्बन्धी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा स्थानीय तहसम्बन्धी १९ हजार नौ सय ३३ उजुरी परेका छन्। त्यसमा पनि सबैभन्दा धेरै पोखरा र काठमाडौं महानगरसम्बन्धी छन्। आयोगले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार पोखरा महानगरबारे चार सय १६ र काठमाडौं महानगरपालिकासम्बन्धी ३८१ उजुरी परेका छन्। तेस्रोमा पर्साको छिपहरमाई गाउँपालिका छ। जसविरुद्ध दुई सय ९८ उजुरी परेका छन्। ललितपुर महानगरपालिका आठौँ स्थानमा छ। […]

काठमाडौं महानगरले ३५ गाउँपालिकालाई मङ्गलबारदेखि एम्बुलेन्स वितरण गर्ने

काठमाडौँ महानगरपालिकाले मङ्गलवारदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ । आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य मङ्गलबारदेखि सुरु हुने जानकारी दिए । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । महानगर […]