दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । जिल्लामा वार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको […]

कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा […]

मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको […]

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय […]

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार देशभर साधारणतया बदली रहनेछ। अहिले बिहान कोशी, बागमती र सुदूरपश्चिमका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका […]