नागार्जुनका तत्कालीन मेयर बस्नेतलाई आठ वर्ष तीन महिना कैद सजाय

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेतलाई आठ वर्ष तीन महिना कैद सजाय हुने भएकाे छ। विशेष अदालतले बस्नेतलाई भ्रष्टाचारको कसुरमा आठ वर्ष तीन महिना र सम्पत्ति शुद्धीकरणमा तीन वर्ष ३ महिना १८ दिनको कैद सजाय तोकेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले उनको […]
कुमुदिनीमा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणामूलक कार्यक्रम

पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा अभिभावकसहित कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम गरिएको छ । ‘अभिभावकको महत्व र विद्यार्थीहरु भविष्यका नेतृत्वकर्ता हुन्’ विषयक कार्यक्रममा अन्तराष्ट्रिय उत्प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले भविष्यमा सफल व्यक्ति बन्नका लागि विद्यार्थी, विद्यालय र अभिभावकको […]
दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु

काठमाडौँको दरबारमार्ग स्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी छन् । पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर खस्दा उनीहरूको […]
पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दर्ता

पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबारको मुद्दा दर्ता गरिएको छ । काठमाडौं जिल्ला वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । पाठकले कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर देउवाको पाँच तारे होटल हिल्टन तथा क्यानडा, दुबई र अष्ट्रेलियामा रियल स्टेटमा लगानी रहेको भन्दै समाचार बनाएर युट्युबबाट प्रसारण गरेका थिए । […]
गभर्नर पौडेल ‘बीआईएस’ वार्षिक बैठकमा सहभागी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् । सोही क्रममा आयोजित विभिन्न अन्तक्र्रियामा गभर्नर पौडेल सहभागी भए । ती अन्तक्र्रियामा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेका चुनौती तथा केन्द्रीय बैंकमा ‘एआई’ प्रयोग र यसले बैंकिङ प्रणालीमा […]
बागमती प्रदेश सभा बैठक सर्यो

बागमती प्रदेश सभाको १ बजेका लागि बोलाइएको बैठक सरेको छ । बागमती प्रदेश सरकारले गत १ गते ल्याएको बजेटमाथि छलफलका गर्न बोलाइएको प्रदेश सभा बैठक आजै ४ बाजे बस्ने गरी सारिएको हो । बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय […]
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने

अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रूपमा मनाइने भएकाे छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारिक घोषणा गरिएको हो असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिए पनि असोज १५ घोषणा गरिएको हो […]
अमेरिकी डलरको भाउ आज पनि स्थिर, अरू मुद्राको विनिमयदर कति छ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलरको भाउ स्थिर छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके […]
यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]