माधवमाथिकाे मुद्दाबारे प्रचण्ड– राजनीतिक प्रतिशोधको गन्ध आएको छ

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालमाथिकाे भ्रष्टाचारको मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्। विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको बताएका हुन्। अदालतले न्याय गर्ने भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ।’ ललितानिवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको विषय आफ्नो […]

शनिबार बकर इदको सार्वजनिक बिदा

भोलि शनिबार बकर इदको सार्वजनिक बिदा परेको छ। मुस्लिम आयोगबाट जेठ २४ गते शनिबार बकर इद (इद–उल–अञ्हा) परेको पत्र आएको जनाउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो। २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको हो।

१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण बन्देज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा खतरा रहेको औँल्याउँदै १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन् । त्यसबाहेक सात अन्य देशका नागरिकलाई पनि सीमित प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण यात्रा प्रतिबन्ध लगाएका देशमा सोमालिया, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, अफगानिस्तान, म्यानमार, हाइटी […]

यी स्थानमा आज चट्याङसहित वर्षा हुने

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका […]