भारतले खोल्यो सबै विमानस्थल

भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो । ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय […]
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू

प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो । रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमका अवसरमा […]
भारत र पाकिस्तानका उच्च सैन्य अधिकारीहरुबीच आज वार्ता हुँदै

पोखरा, २९ बैशाख २०८२।युद्धविराम घोषणा भएपछि पहिलो पटक आज भारत र पाकिस्तानका उच्चस्तरको सैन्य अधिकारीहरुबीच बिशेष वार्ता हुँदैछ। आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार आज मध्याह्न १२ बजे दुई देशका उच्च अधिकारीहरु भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशक बीच बिशेष वार्ता हुने भारतीय संचार […]
आज बुद्ध जयन्ती मनाइदै

पोखरा ।शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान […]
लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको पोखरा सेसन,जलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

पोखरा, २९ वैशाख / नेपाल प्रेस युनियनको आयोजनामा पोखरामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गतको ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ । शुक्रबारदेखि सुरु भएको समिट अन्तर्गत आईतबार ‘पोखरा सेसन’ भएको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो भएका समय जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता […]
आज यी क्षेत्रहरुमा चट्याङसहित वर्षादेखि हावाहुरीको सम्भावना

पोखरा, २९ बैशाख २०८२।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम […]