निस्कर्षमा पुगेन वार्ता, शिक्षक आन्दोलन निरन्तर

पोखरा ।सरकार र नेपाल शिक्षक महासंघको बीचमा सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको दुबै पक्षले जनाएका छन् । सरकारको तर्फबाट केही तयारी गर्नुपर्ने भएकाले फेरी बैठक बसेर आगाडि बढ्ने सहमति भएको सरकार र आन्दोलनरत शिक्षक दुबैपक्षले बताएका छन् । यता शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले […]

राष्ट्रपतिले १९ वैशाखमा संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई १९ वैशाखमा सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले  यस्तो जानकारी दिएका हुन् । राष्ट्रपति पौडेलले दिउँसो तीन बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री गुरुङले बताए । […]

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो । सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गगरेको बताउनुभयो । मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी […]

डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र […]