पोखरामा नेकपा (एमाले) द्वारा २६औं मनमोहन अधिकारी स्मृति दिवस सम्पन्न

नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको आयोजनामा आज पार्टी कार्यालयमा २६औं मनमोहन अधिकारी स्मृति दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य कमरेड धन बहादुर नेपाली रहनुभएको थियो भने विशेष अतिथि जिल्ला कमिटी कास्कीका उपाध्यक्ष कमरेड भेषराज बराल हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथि लगायत […]

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी […]

दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताउनुभएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्व […]

संसदीय दलको बैठकमा सांसदहरुलाई अध्यक्ष ओलीका १६ उपदेश ! बैशाख १३, २०८२ शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न निर्देशन (उपदेश !) दिनुभएको छ । शनिवार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उहाँले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराउनु भयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने […]

मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठुलो टेवा पुग्ने बताएका छन् ।शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै भण्डारीले २०५१ सालमा संसद्मा सबैभन्दा ठुलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, […]

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे […]

आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते

आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना भएको छ । काठमाडौंमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा […]

सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता शुरु

शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता शुरु भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरु सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए । आज भने बिहानैदेखि मन्त्रालयमा […]