शिक्षामन्त्री पन्तको शपथग्रहण

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् । पद तथा गोपनीयताको शपथ […]
शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घटेको माओवादी केन्द्रको ठहर, सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन

नेकपा माओवादी केन्द्रले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको ठहर गरेको छ । साथै शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहीबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरुलाई सोही अनुसार भूमिका […]
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग

पोखरा, ११ वैशाख/ नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग […]