ज्येष्ठ नागरिक र अशक्त यात्रुलाई प्राधिकरणले दियो हवाई भाडामा ५० प्रतिशतसम्म छुट

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभित्रका हवाई यात्रुका लागि छुटको नयाँ व्यवस्था लागू गरेको छ । प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा आन्तरिक हवाईसेवामा ज्येष्ठ नागरिक र अशक्त यात्रुका लागि न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरिएको उल्लेख छ । प्राधिकरणका अनुसार ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकले अब आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुट […]
मेरो सम्पत्ति पत्रकार महासंघले नै छानबिन गरे पनि हुन्छ: ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुन: माग गरेका छन्। पत्रकार सम्मेलनमार्फत् ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका हुन्। ‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’ ओलीले भने, ‘पत्रकार […]
रोनाल्डो अर्बपतिको सूचीमा पर्ने पहिलो फुटबल खेलाडी बने

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमै एक अनौठो उपलब्धि हासिल गरेका छन्। उनी संसारकै पहिलो फुटबल खेलाडी बनेका छन्, जसले खेल जीवनमै अर्बपतिको सूचीमा नाम लेखाएका छन्। अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ब्लुमबर्ग र फोर्ब्सका अनुसार, रोनाल्डोको कुल सम्पत्ति अहिले १ अर्ब ४० करोड अमेरिकी डलर (करिब १ खर्ब ८५ अर्ब नेपाली रुपैयाँ) नाघेको छ। […]
१६ अंकले बढ्यो सेयर बजार

तिहारअघिको सेयर बजार १६.६७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ। नेप्से बढे पनि कारोबार रकम घटेको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको कारोबार भएको छ।
आज केन्द्रीय सुरक्षा समितिको बैठक, यस्ता छन् एजेन्डा

गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्। गृह मन्त्रालयका अनुसार बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन […]
सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर […]
सहज राजनीतिक निकासका लागि सबै पक्षलाई जिम्मेवार बन्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन्। शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उनले यस्तो आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेकी छन्, ‘फागुन २१ मा निर्धारित प्रतिनिधि […]
बंगलादेशमा हुने काभा पुरूष नेसन्सका लागि नेपालको तयारी अन्तिम चरणमा

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ। काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे। नेपालले आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्न लागेको छ। यसको तयारीका लागि नेपाली टोलीले गत असोज २ गतेदेखि प्रशिक्षण […]
बरिष्ठ अधिवक्ता घिमिरेले छाडे रास्वपा

कानुन विभागलगायतमा रहेर काम गरी आबद्धता देखाएका बरिष्ठ अधिवक्ता नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्। उनले महामन्त्रीलाई पत्र लेखी जिम्मेवारीसहित पार्टीबाट अलग भएको जानकारी गराएका थिए। उनले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् । घिमिरेले कानुन, नीति, नियमावली र पार्टी विधान मस्यौदा कार्यदलमा रहेर योगदान दिएका थिए। प्रवासी नेपाली र गैर आवासीय […]
संसद विघटन गर्नेहरूले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले पटक-पटक संसद विघटन गर्नेहरूले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रमका उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए […]